उत्कृष्ट ब्यवसाय गर्ने लाई आईएमई लाईफ अछामले गर्‍यो:सम्मान, अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न

उत्कृष्ट ब्यवसाय गर्ने लाई आईएमई लाईफ अछामले गर्‍यो:सम्मान, अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न

आइएमइ लाइफ इन्स्योरेन्स अछाम शाखाको आयोजनामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अछाम शाखाले गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने  एजेन्सी मेनेजर लाई सम्मान गरेको छ । कार्यक्रममा अछाम शाखा बाट टिम तर्फ उत्कृष्ट ब्यवसाय गर्ने  अछाम भरिमा प्रथम सुशील भण्डारी ,द्वितिय खेमराज ढुंगाना र तृतिय जनक उपाध्याय  लाई प्रसंशा पत्र ,खादा र अबिरले सम्मान गरिएको हो । त्यस्तै कार्यक्रममा उत्कृष्ट अभिकर्ता हरुलाइ समेत सम्मानित गरिएको थियोभने ब्याक्तिगत कोडमा उत्कृष्ट ब्यवसाय गर्नेमा प्रथम भुपालमान बिष्ट,द्वितीय भिम चलाउने,तृतीयमा दिनेश कुवर  भएकाछन।

कम्पनीका एरिया ब्रान्च मेनेजर हुकुम डाङीले बीमाको विशेषता महत्व र अभिकर्ताले कर्तव्यको बिषयमा जानकारी गराउदै आइएमइ लाइफलाई अग्रणी , अब्बल बीमा कम्पनीका रूपमा निरन्तर देख्न चाहने अभिकर्ता एकजुट भएर काम गर्नुपर्ने बताए। इन्स्योरेन्स पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आईएमई लाइफ सधै तत्पर रहेको प्रतिवद्धता जनाउदै कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । कार्यक्रममा अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो। उक्त कार्यक्रमको संचालन अछाम शाखा प्रमुख महेश जैशिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *