नेविसंघ सिटिइभिटी जिल्ला समन्वय समिती अछामको पुन: गठन,अध्यक्षमा रावल

नेविसंघ सिटिइभिटी जिल्ला समन्वय समिती अछामको पुन: गठन,अध्यक्षमा रावल

मंगलसेन – नेपाल बिद्यार्थी संघ सिटिइभिटी जिल्ला समन्वय समिती अछाम पुनः गठन गरीएको छ । नेपाल बिद्यार्थी संघ सिटिइभिटी जिल्ला समन्वय समिती अछामका अध्यक्ष रोसन रावलको अध्यक्षतामा नेपाल बिद्यार्थी संघ सिटिभिटी जिल्ला समन्वय समिती पुनःगठन भएको हो ।

जस्को अध्यक्षमा रोसन रावल, उपाध्यक्षमा मोहन बुडथापा, पुष्प बिस्ट, हेमराज रावल ,सचिवमा ललिचन बिष्ट, डम्बर वि.क, सह–सचिवमा,पृथ्वीराज बडुवाल, बिरेन्द्र रोकाया, जीवन राज अधिकारी, कोषाध्यक्षमा दर्शाना चलाउने, सदस्यहरु दमन बडुवाल,करन थापा, हेमराज रोकाया,रबिन्द्र बुढा ,एकेन्द्र धामी, राजन खड्का, बिरेन्द्र बुढा,धना कुमारी धामि, कुमार साउद, बिशेश्वर प्रसाद अधिकारी र कपिल बुढा रहेका छन ।

गत साउन ६ गते गठित समन्वय समितीमा रहेका केही सगठन प्रती बफादर हुन पर्नेमा निश्कृय रहेका र बेला बखतमा सगठनका काम कार्यमा सह–भागि नभएकालाई सगठनबाट हटाएर संगठन प्रती सक्रिय रुपमा काम गर्दै आएकालाई जिल्ला समन्वय समितीमा समाबेश गरि पुनःगठन गरेको अध्यक्ष रावलले बताउनुभयो ।

नेपाल बिद्यार्थी संघको विधान २०२७ को छैटौं संशोधन २०७३ र निमावलि परिमार्जित २०७३ अनुसार नेपाल बिद्यार्थी संघ सिटिभिटी जिल्ला समन्वय समिती अछाम र देशको बिध्यमान परिस्थितिलाई मध्यनजर गर्दै बिद्यार्थी हक अधिकारका पक्षमा रहेर भुमिका निर्वाह गर्नका लागि समन्वय समिती पुनःगठन गरेको अध्यक्ष रावलको भनाइ छ ।

नेपाल बिद्यार्थी सघको विधि,बिधान र मर्यादामा रहेर सघलाइ थप गतिशिल बनाउन सबै लागि पर्नु पर्ने भन्दै जिम्मेवारी पाउने सम्पुर्णमा अध्यक्ष रावलले बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *