ठुलासैनमा संचालित १० दिने सिस्नो पाउडर तालिमको एक कार्यक्रमका बीच समापन

ठुलासैनमा संचालित १० दिने सिस्नो पाउडर तालिमको एक कार्यक्रमका बीच समापन

घरेलु तथा साना उधोग विकास समिती द्वारा मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा संचालित १० दिने सिस्नो पाउडर प्रसोधन तालिमको एक कार्यक्रमका बीच बुधबार समापन गरिएको छ ।

घरेलु तथा साना उधोग बिकास समिका नायब सुब्बा प्रकाश उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनकराक भण्डारी रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष भण्डारीले

बेरोजगार हरुलाइ उधमशिल बनाउनका लागि वडाको तर्फबाट गाउँमै रोजगारी सिर्जना गर्न स्थानीय सरकार संग साना तथा मझौला उद्योग स्थापना गर्न पहल गर्ने  बताए ।

जंगलमा खेर गइरहेको सिस्नो प्रशोधन गरी पाउडर उत्पादन गर्दा बेरोजगार युवाले समेत रोजगारी पाउने भएकोले यो तालिम लिसकेपछि सफल उधमी बनी ब्यवसायलाइ अधि बढाउन आग्रह गरे ।

 

बेरोजगार युवालाई आर्थिक विकासमा लगाउन गाउँमै स्वरोजगारमूलक अवसरको सिर्जना गर्न सकिन्छ भन्ने उदेश्यले तालिम संचालन गरिएको हो ।

अछाम जिल्लामा सिस्नोको कच्चा पदार्थ प्रशस्तै रहे पनि त्यसको सदुपयोग हुन सकेको छैन ।

समापन कार्यक्रममा पत्रकार सुशील भण्डारी ,मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा सदस्य देबेन्द्र भण्डारी,सिस्नो पाउडर तालिमका प्रशिक्षक अम्बर बहादुर खड्का लगायतको उपस्तिथि रहेकोे थियो । उक्त कार्यक्रमको संचालन घरेलु तथा साना उधोग बिकास समितिका जनक ढुंगानाले गर्नुभएको थियोे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *