कांग्रेस युवा नेता साउद द्वारा जन्म दिनको अवसरमा अक्षयकोषको स्थापना

कांग्रेस युवा नेता साउद द्वारा जन्म दिनको अवसरमा अक्षयकोषको स्थापना

नेपाली कांग्रेस युवा नेता तथा प्रदेश अधिवेशन प्रतिनिधि दल बहादुर साउदले आफ्नो जन्म दिनको अवसरमा स्वर्गीय आमा लाली देवि साउदको सम्झनामा रामारोशन गाउँ पालिका वडा नम्बर  ६ भटाकाटियामा रहेको पुर्णचन्द्र माविमा रु १५११५ को अक्षयकोष स्थापना गरेका हुन । आज एक कार्यक्रमका बिच पुर्ण चन्द्र मावि का शिक्षक अभिभावक संघका अध्यक्ष अमर साउद प्रधानाध्यापक हर्कबहादुर साउद लाई अक्षयकोष बाफतको रकमको चेक हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण कार्यक्रम बोल्दै नेता साउदले आफ्नो जन्म दिनमा अनावश्यक खर्च गर्नु भन्दा पुर्णचन्द्र माविमा पढ्ने गरिब तथा अशक्त विद्यार्थी लाई छात्रवृत्तिमा राहतका पुगोस् भन्ने उदेश्यले अक्षयकोष को स्थापना गरेको बताएका छन । साथै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हर्कबहादुर साउदले यो रचनात्मक काम गरेकोमा नेता साउद लाई विद्यालयको तर्फबाट धन्यवाद समेत ज्ञापन गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *