सामाजिक सञ्जालमा गरिएको कमेन्टविरुद्ध मन्त्री आलेको अश्लील धम्की

सामाजिक सञ्जालमा गरिएको कमेन्टविरुद्ध मन्त्री आलेको अश्लील धम्की

धनगढी: सामाजिक सञ्जालमा आफूविरुद्ध गरिएको टीप्पणीलाई लिएर संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगर ‘अश्लील धम्की’मा उत्रिएका छन् ।
उनले निकै भद्दा शैलीमा अश्लील गाली गर्दै अङ्गभङ्ग गर्नेसम्मको धम्की गरेका छन् । उनले गालीसहित धम्की गरेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।
हाल भारतमा रहेका नेकपा(एमाले)समर्थक अछामका युवा जगत ओलीले आफूले मन्त्री आलेविरुद्ध सामाजिक सञ्जालमा टीप्पणी गरेको जनाएका छन् । उनले समाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै क्याप्सनमा लेखेका छन्,‘एउटा जाबो कमेन्ट पचाउन नसक्ने मन्त्री प्रेम आले हेरौं, मैले भाइरल हुन सब मान्छे तस्करीको आरोप लागेको हो भन्ने कमेन्ट गर्दा सबैले फेमिलीमा नसुनौं ।’
सो भिडियोमा मन्त्री आलेको अडियो मात्रै सुनिन्छ । जसलाई ती युवा ओलीले आफ्नो अनुहार देखिनेगरी रेकर्ड गरेका छन् ।
सुरुवातमा मन्त्री आलेले सभ्य भाषा प्रयोग गरेका छन् । उनले ती युवा ओलीलाई ‘कहाँ हुनुहुन्छ, तपाई ?’ भनेर सोधेका छन् । ती युवाले आफू ईण्डिया रहेको जवाफ दिएका छन् ।
त्यसपछि मन्त्री आलेले ‘तपाईको त्यो कमेन्ट हेरे, के लेखेको हो यार त्यस्तो ?’ भनेर सोधेका छन् । यसको जवाफमा ती युवाले ‘हाल्ने नि यस्तो आश गरेको थेन् के गर्नु’ भनेका छन् ।
त्यसपछि मन्त्री आले–‘कस्तो आश ?’
युवा ओली–‘तपाईबाट यस्तो हुन्छ भन्ने आश लाग्या थेन के !’
त्सपछि सिधै मन्त्री आले अश्लील धम्कीको स्तरमा ओर्लिएका छन् । उनले अश्लील गालीसहित ठाउँ–ठेगाना सोध्दै हातखुट्टा भाँचिदिने धम्की दिएका छन् ।
ती युवाको सम्बादमा पनि संयमता भने देखिदैन् । उनले समेत अश्लील शब्द प्रयोग गरेका छन् । दुई मिनेट २४ सेकेन्डको सो भिडियो सम्बादमा बढीजसो मन्त्री आले नै आक्रोशित र असभ्य तवरबाट प्रस्तुत भएका छन् ।
यो सम्बाद कहिलेको हो खुलेको ? भन्ने खुलेको छैन् । ती युवाले मंगलबार बिहान झण्डै एकबजेतिर फेसबुकमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *