महाधिवेशनको सुनिश्चितता गर्न अध्यक्ष भट्टको माग

महाधिवेशनको सुनिश्चितता गर्न अध्यक्ष भट्टको माग

काठमाण्डौँ : नेपाल विद्यार्थी संघका नेता तथा प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष इन्जिनियर भुवन भट्टले महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले संघको बैधानिक निकास सहित विधिवत महाधिवेशनको सुनिश्चितताको माग गरेका हुन् ।

उनले लेखेका छन् – “विधानले संवत : पदच्युत भइसकेका ने.वि.संघका सभापतिकाे तेस्राे पटक थपिएको म्याद आज माघ १६ मा सकिएकाे छ, तत्काल नेपाल बिधार्थी संघकाे बैधानिक निकास सहित विधिवत महाधिवेशनकाे सुनिश्चितता गरियाेस्, नेपाली काँग्रेसका आदरणिय सभापति,उपसभापति,महामन्त्री,सहमहामन्त्री,केन्द्रीय सदस्य ज्युहरु ! आज माघ १६ गते,चाैथाे पटक थपेकाे ने.वि.संघकाे म्याद समाप्त भएकाे छ, संघका सभापति बिधानले स्वत:पदच्युत भइसकेका छन्, नेपाल बिधार्थी संघकाे अस्तित्व नै संकटमा पर्ने बेला आएकाे छ, तत्काल नेपाल बिधार्थी संघकाे बैधानिक निकास सहित विधिवत महाधिवेशनकाे सुनिश्चितता गरियाेस्, जय नेपाल! जय ने.वि.संघ ”

६ महिनाभित्र महाधिवेशन गर्ने गरी पार्टीले २०७६ साल माघ १६ गते नेविसंघको अध्यक्षमा राजीव ढुंगानालाई नियुक्त गरेको थियो । १०१ सदस्यीय कार्यसमिति रहने भनिएकोमा जम्मा १० पदाधिकारीमा सीमित रहेको छ ।

नेविसंघको कार्यकाल दुई वर्ष रहने विधानको व्यवस्था छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद वर्तमान कार्यसमिति आज स्वत: भंग हुने निश्चितजस्तै देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *