जन्मदिनको अवसरमा नेता कुँवरद्वारा बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

जन्मदिनको अवसरमा नेता कुँवरद्वारा बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

अछाम:नेपाली कांग्रेस अछामका जिल्ला कार्य समिति अछामका सदस्य तथा नेपाली जन सम्पर्क समिती जापान कान्तो क्षेत्रीय समितीका सचिव लोकेन्द्रजंग कुँवरले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेका छन् ।

विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै मायाको चिनो स्वरुप लेखन सामग्री उपलब्ध गराएको कुवँरले बताए ।

साँफेबगर नगरपालिका –१४ पातलकोटमा रहेको पिपलपार्क आधारभुत विद्यालयमा कक्षा ३ सम्मका ९३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सचिव भिम कुँवरले बताए । लोकेन्द्रजंग कुवँरका दाजु धुर्व कुँवर र भतिजा महेन्द्र कुवँरको विषेश उपस्थितीमा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा प्रदेश क का उपसभापति विमल कुँवर , विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण थापा , प्रधानाध्यापक झंकर कुवँर ,कालिका मावि पातलकोटका प्रधानाध्यापक विर बहादुर थापा , श्षिक मिनबहादु कुवँर , नेपाली कांग्रेसका वडा सभापति संजु कुवँर ,समाजसेवी गोरखबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *