अछामको कमलबजार विमानस्थल स्तरउन्नति गर्न ३ करोड रुपैया बिनियोजन

अछामको कमलबजार विमानस्थल स्तरउन्नति गर्न ३ करोड रुपैया बिनियोजन

सडक समाचारदाता,अछाम :संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेको अध्यक्षतामा आईतवार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले अछामका २ विमानस्थल स्तोरउन्नती गर्न बजेट बिनियोजन गरेको हो।

हाल सञ्चालनमा रहेको साफेबगर विमानस्थलको स्तरोउन्नती गर्ने ३ करोड रुपैयाँ बिनियोजन गरेको छ। यस्तै पुर्बि अछामको कमलबजारमा सञ्चालनमा नआई गौचरनमा परिणत भएको कमलबजार विमानस्थलको सुदृढीकरण गर्न समेत ३ करोड रुपैयाँ विनियोजन गरेको छ । पुर्वी अछामको ४ वटा पालिकाहरुको बीचमा पर्ने कमलबजार बिमानस्थलको लागी तीन करोड विनियोजन गरिएको कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकाश बिष्टले जानकारी दिए । बिमानस्थलको स्तरोन्नतिको लागि बजेट विनियोजन गरिदिएकोमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेलाइ नगर प्रमुख बिष्टले धन्यवाद समेत दिए ।

बिमानस्थल संचालनमा ल्याउनको लागी नगर प्रमुख बिष्ट बारम्बार मन्त्रालय धाउदै आइरहेका थिए । कमलबजारको बिकासको लागी आफू रात दिन नभनेर खटिएर लाग्ने उनले बताए।२०५८ सालको माओवादी द्वन्दको क्रममा विमानस्थलको टावर नै ध्वस्त भएदेखि कमलबजार विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।
२०५१ सालमा निमार्ण सुरु भई २०५५ सालमा निर्माण सम्पन्न भएको अछामको कमलबजार विमानस्थल अहिलेसम्म संचालनमा आउन सकेको छैन । श्रमदानबाट बिमानस्थल निर्माण गर्दा उत्साहित भएका स्थानीयहरु लामो समयसम्म नचल्दा अहिले निराश बनेका छन् । विमानस्थल संचालनमा आउन नसक्नुको प्रमुख कारण त्यतिबेलाको माओवादीको सशस्त्र द्वन्द्व नै हो । द्वन्द्वको क्रममा २०५८ सालमा आवोवादी लडाकूहरुले बिमानस्थलको टावर नै ध्वस्त बनाई दिए ।

संचालनको तयारीमा रहेको बिमानस्थल त्यस यता सञ्चालनमा आउन सकेको छैन । कमलबजार विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्ला बाहिर जाने र सिकिस्त बिरामीलाई समस्या पर्दै आएको छ । बन्द रहेको विमानस्थल छिटो भन्दा छिटो संचालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *