मानव अधिकार तथा शान्ति समाज अछामको १८ औं साधारणसभा सम्पन्न

मानव अधिकार तथा शान्ति समाज अछामको १८ औं साधारणसभा सम्पन्न

मानव अधिकार तथा शान्ति समाज अछामको १८ औं साधारणसभा तथा गुणस्तरीय स्वास्थ्य सेवा र बैज्ञानिक शिक्षा सबैको अधिकार विसयक अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष पदमबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती अछामका उप प्रमुख टोपबहादुर रावल रहनुभएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै

रावलले मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका पक्षमा आमजनमानसलाई परिचालित गर्दै मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सहिष्णुता र सद्भावको संस्कृति निर्माण गर्ने लक्ष्य शान्ति समाजको रहेकोे बताउनु भयो ।

नेपाली जनताको मानवअधिकार तथा शान्तिका लागि कार्य केन्द्रित भएतापनि समग्रमा संसारभरि शान्तिका लागि आणविक अस्त्रको उन्मूलन, मानवअधिकार तथा शान्ति र अहिंसात्मक अभियानबाटै उदाहरण बनेर प्रस्तुत हुने चाहाना समेत शान्ति समाजको उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि अछाम क्याम्पसका क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट रहनु भएको थियो ।

कार्यक्रमा नेपाली काङ्ग्रेस अछामका जिल्ला पार्टी उपसभापति नंयाराम बजगाइ ,नेकपा एमालेका हरिपाले कामी,जिल्ला स्वास्थ्य कार्यालय अछामका डाक्टर प्रेम प्रसाद ढुंगाना,
मानव अधिकार तथा शान्ति समाजका पुर्व सभापति शंकर रावल , केन्द्रिय सचीव मदन कुवर,केन्द्रिय सदस्य सरस्वती नेपाली ,नेपाल रेडक्रस सोसाइटी अछामका महामन्त्री धुर्व कुमार शाही , तुल्सी ढुंगाना ,आजिवन सदस्य मनकला न्यौपाने ,नेपाली काङ्ग्रेसकि नेत्री लक्ष्मी बोगटी लगायतको उपस्तिथि रहेकोे थियोे ।

काेषाध्यक्ष तिलु देबि स्वारले वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो भने  समाजका जिल्ला उपसभापति सुशील भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन समाजका सहसचिव रुपक चन्दले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *