पूर्व मन्त्रीलाई उछिन्दै युवा नेता नृप साँउद महाधिबेशन प्रतिनिधीको दोश्रो स्थानमा

पूर्व मन्त्रीलाई उछिन्दै युवा नेता नृप साँउद महाधिबेशन प्रतिनिधीको दोश्रो स्थानमा

अछाम । नेपाल बिद्यार्थी संघ अछामका अध्यक्ष नृप साँउद दोश्रो बढी मतका साथ महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् ।

अछाम क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीको खुल्ला तर्फबाट उम्मेद्धारी दिएका युवा नेता साँउद दोश्रो लोकप्रिय ४ सय ५३ मतका साथ बिजयी भएका हुन् ।

उनले अछाम जिल्लाबाट सांसद पटक पटक निर्वाचित भएर पूर्व सुचना तथा संचार मन्त्री भईसकेका नेता गोबिन्द बहादुर शाहलाई पछि पार्दै दोश्रो स्थान बनाउन सफल भएका छन् ।

पहिलो पटक महाधिबेशन प्रतिनिधि लडेका साउदले पूर्व पार्टी सभापति र महासमिती सदस्य समेतलाई पछि पारेका छन् । युवाका माझ निकै लोकप्रिय रहेका नेता साँउदले पार्टीको संगठन बलियो बनाउन जिल्लामा सक्रिय रहेर काम गरेका थिए ।

अछाम क्षेत्र नं. १ बाट महाधबेशन प्रतिनिधी खुल्ला तर्फबाट २८ जनाको उम्मेद्धारी रहेकोमा २६ जनालाई पछि पार्दै उनि दोश्रो नम्बरमा नाम सुरक्षित गर्न सफल भएका हुन् ।

पहिलो नम्बरमा भने नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले ४ सय ६१ मत ल्याएका छन् । उनले साँउदको भन्दा ५ बढी मत ल्याएका छन् ।

चौथो स्थानमा भने नेपाली कांग्रेस अछामका पूर्व सभापती मेघराज खड्काको मत रहेको छ भने पाँचौमा नेविसबंघ अछामका पूर्व सभापती तथा कांग्रेस महासमिती सदस्य राजन कुवँरको मत रहेको छ उनले मत प्राप्त गरेका छन ।

पहिलो स्थानमा आएका सभापती स्वाँरको र युवा नेता साँउदको झिनो ८ मतको अन्तर रहेको छ । युवा नेता नृप साँउदको राजनितिक यात्रा : नेबिसंघ अछामको अध्यक्ष हुदैँ महाधिबेशन प्रतिनिधिसम्म

नेपाल बिद्यार्थी संघ अछामका अध्यक्ष नृप साँउद । संगठन निर्माणकर्ता र प्रखर बक्तका रुपमा अछाममा परिचित नाम हो ।

नेबिसंघ अछामको अध्यक्ष हुदाँ जिल्लाका हरेक बिद्यालयमा नेबिसंघको संगठन निर्माणमा अग्रणी भुमिका निर्वाह गरेका युवा नेता साँउदले बिद्यार्थी, शिक्षक र बिद्यालयका समस्याका बारेमा समेत आवाज बुलन्द पार्दै समस्या समाधानमा समेत पहल गर्दै आईरहेका छन् ।

उनले आफ्नो कार्यकालमा जिल्लाका हरेक बिद्यालयमा नेबिसंघको संगठन बनाएका थिए । कुनै बिद्यालयमा नेबिसंघ नभएका बेला उनले दरिलो रुपमा संगठनको उपस्थिती देखाएका थिए ।

पछिल्लो समय पार्टीको राजिनितिमा सक्रिय रहेका युवा नेता साँउद जिल्लाका हरेक क्षेत्रमा पार्टीको संगठन बलियो र चलायमान बनाउन भुमिका निर्वाह गर्दै आईरेका छन् ।

नेपाल बिद्यार्थी संघको अध्यक्ष भएर काम सफल नेतृत्व प्रदान गरिसकेका नेता साँउद युवा माझ लोकप्रिय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *