नेपालको जीतमा सन्दीप बने ‘म्यान अफ द म्याच’

नेपालको जीतमा सन्दीप बने ‘म्यान अफ द म्याच’

काठमाण्डाै :   पहिलाे एकदिवसीय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाइ पराजित गरेकाे छ ।  ओमानको अल अमिरात क्रिकेट मैदान भएको खेलमा नेपाल पीएनजीसँग  दुई विकेटले विजयी भएकाे छ ।

Image : Cricket Association of Nepal-CAN (Facebook)

पीएनजीले दिएकाे एक सय ३५ रनकाे लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर भेटाएकाे हाे । नेपालका जीतमा  राेहित पाैडेलले सर्वाधिक ४१ रन बनाए । त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ र साेमपाल कामीले अविजित २२ रन बनाए । ८२ रनमा सात विकेट गुमेकाे अवस्थामा राेहित पाैडेलले र साेमपाल कामीले ५२ रनकाे साझेदारी गरे ।

Image : Cricket Association of Nepal-CAN (Facebook)

बलिङतर्फ पीएनजीका गाैडी टाेकाले तीन विकेट लिए । त्यस्तै दमेन राभु र चाद साेपरले दुई–दुई विकेट लिए । यसअघि  टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।

Image : Cricket Association of Nepal-CAN (Facebook)

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । म्यान अफ द म्याच समेत भएका लामिछानेले १० ओभर बलिङ गर्दै  ३५ रन दिएएर महत्वपूर्ण ४ विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *