सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने बिषयमा शीर्ष नेताहरू बिच छलफल,रावल मुख्यमन्त्री बन्ने पक्का

सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने बिषयमा शीर्ष नेताहरू बिच छलफल,रावल मुख्यमन्त्री बन्ने पक्का

कैलाली ।  संघीय सरकार काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरे पनि सुदूरपश्चिम प्रदेशमा भने काँग्रेस सरकार भन्दा बाहिर छ ।
केन्द्रमा माओवादीको साथ पाएर प्रधानमन्त्री बनेका देउवाको गृह प्रदेशमा माओवादी र काँग्रेसको संयुक्त सरकार निर्माण हुने  बिषयमा चर्चा सुरु भएको छ । यस बिषयमा  पार्टी भित्रै पनि छलफल भइरहेको काँग्रेस सांसदहरूको भनाइ छ ।

हामीले माओवादी नेतृत्वको सरकारको विरुद्धमा मत दिएनौँ त्यो बेलाबाटै गठबन्धन भइरहेको थियो उनले भने अहिले पनि सरकारमा सहभागी हुने बिषयमा आन्तरिक छलफल भइरहेको छ । ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ माओवादीका १३ काँग्रेसका १२ र जनता जनता समाजवादी पार्टीका २ जना सांसद रहेका छन् ।

अहिले माओवादीको सरकारमा एमाले माधव पक्षको मात्रै सहभागिता रहेको छ । केन्द्रको राजनीति गरेर प्रदेश सरकारको सहकार्यका बिषयमा निर्णय हुने काँग्रेस नेताहरू बताउँछन् । प्रदेशमा माधव पक्षले मात्रै मुख्यमन्त्री त्रिलोचन भट्टले मात्र मत दिएका थिए । काँग्रेस तटस्थ बस्दा एमालेको ओली पक्ष र जसपाले विपक्षमा मतदान गरे ।

विगतको भन्दा राजनैतिक समीरण फेरिँदै गएको भन्दै प्रदेशमा काँग्रेस  सहभागी हुने सम्भावना बढेको एक नेताले बताए । उनले शीर्ष नेतृत्वबिच पनि यस बिषयमा छलफल भइरहेको जनाए । ‘देउवा, प्रचण्ड र नेपाल बिच पनि सुदूरपश्चिम प्रदेश सरकारको बिषयमा छलफल भइरहेको छ । हामीले प्रदेश सरकारले गति पाउन नसकेको भन्दै आइरहेका छौँ’ उनले भन ‘बाँकी रहेको सममयमा सरकार सहमतिको आधारमा परिवर्तन गर्ने बिषयमा कुरा भइरहेको छ ।’

सरकारमा जसपालाई पनि ल्याउने छलफल भइरहेको उनले बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपा एक भएर मत दिएको छ त्यसैले प्रदेश सरकारमा पनि जसपा सहभागी हुन सक्छ’ उनले भने, ‘हामी त्यसको लागि छलफल गरिरहेका छौँ ।’ सुदूरपश्चिम प्रदेशमा काँग्रेसले नेतृत्व पाउने गरि शीर्ष नेताहरू बिच कुरा भइरहेको जनाएको छ ।

कर्णालीमा माओवादीले नेतृत्व गरेको छ अब लुम्बिनीमा पनि माओवादी नेतृत्वको सरकार बनाउने बिषयमा शीर्ष नेताहरू बिच आन्तरिक छलफल भइरहेको छ उनले भने त्यसो भएका सुदूरपश्चिम प्रदेशमा काँग्रेसले नेतृत्व लिन सक्छ । काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल अहिले काठमाडौँमा छन् । शीर्ष नेताहरू बिच प्रदेशका काँग्रेसले नेतृत्व गर्ने सहमति भएको अवस्थामा उनी नै मुख्यमन्त्री बन्ने पक्का जस्तै छ । तर, नेताहरू बिच छलफल भएपनि कुनै निचोड भने आएको छैन।

काँग्रेसका प्रमुख सचेतक गोविन्द राज बोहराले यस सरकारमा सहभागी हुने बिषयमा छलफल भइरहेको बताए । तर, कुनै निर्णय हुन नसकेको उनले जानकारी दिए । ‘छलफल भएको छ तर, पार्टीले निर्णय गरेको छैन’ उनले भने ‘केन्द्रले जे निर्णय गर्छ यहाँ त्यहि हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *