साँफेबगर न•पा मा नगर प्रमुखले एकलौटी निर्णय गरेको भन्दै ६ वडा अध्यक्ष द्वारा कार्यपालिकाको बैठक बहिष्कार

साँफेबगर न•पा मा नगर प्रमुखले एकलौटी निर्णय गरेको भन्दै ६ वडा अध्यक्ष द्वारा कार्यपालिकाको बैठक बहिष्कार

साँफेबगर नगरपालिकाको १२ औ कार्यपालिकाको बैठक ६ जना वडाअध्यक्षहरुले बहिस्कार गरेका छन्। आज बसेको बैठकमा नेपालि कांग्रेस बाट निर्बाचित ६ जना वडा अध्यक्षले बहिस्कार गरेका हुन् । नगर प्रमुख कुल बहादुर कुवरले आफुले मनोनानि तरिकाले योजना छनौट  गरेको र वडाको बजेट घटाएको  भन्दै बहिस्कार गरेको नबर १२का वडा  अध्यक्ष प्रकास रानाले बताए ।

कार्यपालिकाको बैठक बहिष्कार गर्नेमा वडा न १ का वडा अध्यक्ष अम्मर शाह वडा न २ का वडा अध्यक्ष कालु सिंह कुँवर वडा न ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढा वडा न ७ का वडा अध्यक्ष मिठ्ठु  सिंह भाट वडा न ११ का वडा अध्यक्ष गणेश खड्का वडा न १२ का प्रकाश राना रहेका छन् ।

नगर प्रमुख कुँवरले आफुले मनोमानी ढंगले पक्षपाती  तरिकाले वडामा रकम घटाए बढाएको र संघिय सरकार बाट हरेक बर्ष नगरपालिकामा बढेर बजेट आएपनि नगर प्रमुखले अघिल्ला बर्षहरु भन्दा यो बर्ष गत बर्ष भन्दा ५० प्रतिशत वडामा बजेट घटाएको कुरा साँफेबगर नगरपालिका वडा न ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढाले बताए ।  हाम्रो बुलेटिन संग कुरा गर्दै वडा अध्यक्ष बुढाले अहिले संघिय सरकारले सांसद विकाश कोष खारिज गरेको समयमा नगरपालिकाले मनोनित कार्यपालिका सदस्यहरुलाई जनही ५ लाख दिने आपत्तिजनक निर्णय गरेको जानकारी दिए ।

आफु अल्पमतमा परेकाले हमेसा आफ्नो सम्बोधन कहिलेई सुनुवाई नभएर आफुहरुले तालि मात्र बजाउनुको विकल्प नरहेको डा न ११ का वडा अध्यक्ष गणेश खड्काले बताए ।

त्यस्तै नेपाली काङ्ग्रेस साफेबगर नगर कार्यसमिति सभापति गोकुल भाटले नगर प्रमुख कुवरले आफुले मनोमानी ढंगले फरक दलको सोच्दै पक्षपाती  तरिकाले वडामा संचालन गर्ने बजेट घटाएर गलत गरेको बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *