विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म कर्जा

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म कर्जा

सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न कर्जा दिने भएको छ।

शनिबार बजेटमार्फत सरकारले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यस्तो कर्जाका ब्याज एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री विष्णु पौडेलले बताए।

यस्तै स्नातक तहभन्दा माथि अध्ययन गर्ने बिद्यार्थीलाइ शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ। यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *