नेपाली सेयर बजारमा नयाँ रेकर्ड

नेपाली सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं : नेपाली सेयर बजारले सोमबार नयाँ रेकर्ड राखेको छ  । पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको सेयर बजारले सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो ।

सोमबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।

उता नेप्से परिसूचक झिनो अंकले बढे पनि नयाँ रेकर्ड कायम भएको छ । सोमबार नेप्से परिसूचक ३ दशमलव ०७ अंकले बढेर २ हजार ८ सय २३ दशमलव ०.६ अंकमा पुगेर ऐतिहासिक रेकर्ड राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *