जनगणना २०७८ सफल पार्न अछामका सरोकारवालासँग सचेतना गोष्ठी

जनगणना २०७८ सफल पार्न अछामका सरोकारवालासँग सचेतना गोष्ठी

कमल रावल, चैत १७ अछाम : राष्ट्रिय जनगणना २०७८ का लागि अछामका सरोकारवालासँग जिल्ला स्तरीय सचेतना गोष्ठी गरिएको छ । जिल्लामा अभियानकै रुपमा सुरु हुने जनगणनालाई सफल पार्न सहयोगका लागि सरोकारवालासँग छलफल गरिएको हो ।

कार्यक्रमका सहभागि सरोकारवालाले प्रत्येक १० बर्षको अवधिमा हुने गणनालाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । देशको १२ औँ तथा नेपालको सविधान २०७२ जारी भएपछी संघिय प्रणालीको पहीलो गणना भएकाले सबैले साथ दिने बताएका हुन ।

देशको चित्र कोर्ने रेखा जनगणना भएकाले कोहि पनि छुटन नहुने सरोकारवालाको जोड रहेको थियो । बिशेष गरि बास्तविक टोलबाट तंथ्याक आउने भएकाले प्रत्येक सुपरिवेक्षक र गणकले जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी रुद्र मल्लको अध्यक्षतामा भएको कार्यक्रममा अछाम जिल्लामा जिल्ला जनगणना कार्यालय र ४ स्थानिय तहमा सहायक कार्यालय स्वरुप स्थापना गरि २०७८ बैशाख १ गतेबाट नियमित असार ८ गतेसम्म काम संन्चालन हुने जिल्ला जनगणना अधिकारी प्रकाश बिष्टले बताउनु भयो ।

आगामि दिनमा छनोट भएर आउने सुपरिवेक्षक तथा गणकका लागि तालिम दिनका लागि जिल्लामा प्रशिक्षक समेत प्रदेशबाट तालिम प्राप्त गरेर आईसकेका बताउनु भयो । जिल्लामा आवश्यक पर्ने सामग्री सबै आएर ब्याबस्थापन गरिसकेको बिष्टले बताउनु भयो ।

जनगणनाका लागि पुर्व सन्चालन, सन्चालन अवधि र सन्चालन पश्चात भनेर तिन चरण गरेकाले सबैलाई सहयोग गरिदिन आग्रह गर्नु भयो । छलफलमा सुपरिवेक्षक र गणक घरटोलमा पुग्दा काम, कर्तव्य र अधिकारका बारेमा मुख्य प्रशिक्षक शंकर बहादुर रावलले जानकारी गराउनु भएको थियो ।

जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवर प्रमुख अतिथि रहनु भएको कार्यक्रममा मँगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, चौरपाटी गाउपालिका अध्यक्ष हर्क बहादुर साउद, मँगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रमको संन्चालन जिल्ला जनगणना कार्यालयका सहायक अधिकारी एकेन्द्र बहादुर बोगटीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *