कांग्रेस नेता स्व जोशिको श्रद्धाञ्जली तथा स्व खड्काको स्मृति दिवस कार्यक्रम सम्पन्न

कांग्रेस नेता स्व जोशिको श्रद्धाञ्जली तथा स्व खड्काको स्मृति दिवस कार्यक्रम सम्पन्न

अछाम : नेपाली कांग्रेसका नेता स्वर्गीय नबिन्द्रराज जोशीको श्रद्धाञ्जली सभा तथा नेता खुमबहादुर खड्काको तेस्रो स्मृति दिवस मंगलसेनमा सम्पन्न भएको छ । पार्टी केन्द्रिय कार्यसमितिको निर्णय अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।भोली एकदिन पार्टी कार्यालय बन्द गरिने पनि नेपाली कांग्रेसले जनाएको छ । श्रद्धाजली सभामा नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले नेता द्धोयले देशमा आमुल परिवर्तका लागी खेल्नु भएको भुमिका प्रशशा गरे । सभापति स्वाँरले उहाहरुको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । नबिन्द्रराज जोशि भद्र,शालिन स्वच्छ छबिमा भएका नेताका रुपमा परिचित रहेको समेत सभापति स्वारले बताए । सभापति स्वाँरको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्यहरु गणेश बिष्ट, अम्बीका चलाउने, अनुराधा स्वार, महाधिबेशन प्रतिनिभि टक्कर ताम्राकार, पदमराज अधिकारी, अन्जु मल्ल ,जिल्ला पार्टी उपसभापति नयाँराम बजगाई,नेबी संघका जिल्ला सभापति निर्प साउद लगायका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टी सचिब नमबहादुर शाहीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *