स्व.भद्र बहादुर शाहले रामारोशन क्षेत्रका लागि गरेको योगदान अतुलनीय रहेको उपाध्यक्ष : रावल

स्व.भद्र बहादुर शाहले रामारोशन क्षेत्रका लागि गरेको योगदान अतुलनीय रहेको उपाध्यक्ष : रावल

रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले छविस का पुर्व क्षेत्रपाल स्वर्गीय भद्र बहादुर शाहले यस क्षेत्रका लागि गरेको योगदान अतुलनीय रहेको बताउनु भएको छ। स्वर्गीय भद्र बहादुर शाहको ४५अौं दिनको पुण्य तिथिको अवसरमा गरिएको शोक सभा कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी रावलले पहिलेको कठिन परिस्थितिमा पनि स्वर्गीय शाहले छविस क्षेत्रको विकास तथा सामाजिक क्षेत्रमा गरेको कार्य कसैले बिर्सन नसक्ने बताउनु भएको हो । उहाँको सहि मार्गदर्शन हामी सबैले अनुसरण गर्नुपर्नेमा समेत उपाध्यक्ष रावलले जोड दिनु भएको छ। रामारोशन गाउँपालिका वडा न ३ का वडा अध्यक्ष तारा साउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल रहनु भएको थियो ।शोक सभा कार्यक्रममा रामारोशन पर्यटन क्षेत्र विकास समिति का अध्यक्ष चक्र रावल र कांग्रेस महासमिति सदस्य अनुराधा स्वारले स्वर्गीय शाह यस क्षेत्रका प्रेरणाका स्रोत भएको भन्दै समाज यस्ता योगदान गरेका व्यक्तिको स्थानीय सरकार अभिलेख राख्न र सम्झन कन्जुस्याइँ गर्न नहुने बताएका छन। कार्यक्रममा  नेपाल कम्युनिस्ट पाटीका प्रतिनिधि मान बहादुर गिरी ,नेपाली कांग्रेस का प्रतिनिधि नन्दराज उपाध्याय रहनु भएको थियो । यस्तै कार्यक्रममा वडा नम्बर  १ का अध्यक्ष खडक साउद , ४ का वडा अध्यक्ष केश बहादुर बटाला, ५ का वडा अध्यक्ष लक्षण दमाई ,६ का वडा अध्यक्ष उदय साउद ,७ का अध्यक्ष खडक भण्डारी समाज सेवि खकेन्द्र मान सिं कार्यपालिका सदस्य हरि परिवार लगायतको सहभागीता रहेको शोक सभामा शोकाकुल परिवारको तर्फबाट उहाँले गरेका कार्यका बारेमा केशर शाहले चर्चा गर्नु भएको थियोे भने कार्यक्रम सन्चालन वडा न ३ का वडा सदस्य सुर्य न्यौपानेले गर्नु भएको समाजसेवी पुष्प बिष्टले बताउनु भएको छ। स्वर्गीय शाह छविस क्षेत्रका ठुला गाउँ पन्चायत प्रमुख हुदै यश क्षेत्रका क्षेत्रपाल समेत भएर काम गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *