फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालमा पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएकाे छ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनु भयाे ।

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ कायम भएको छ। यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ। यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी रु ७२ कायम गरिएको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *