टी-१० : साेमपालकाे किफायती बलिङ, एकै ओभरमा लिए २ विकेट

टी-१० : साेमपालकाे किफायती बलिङ, एकै ओभरमा लिए २ विकेट

यूएईमा जारी टी-१० क्रिकेट लिगअन्तर्गत  डेक्कन ग्लाडियटर्सविरुद्ध मराठा अरेबियन्समाआबद्ध नेपाली खेलाडी साेमपाल कामीले सानदार बलिङ गरेका छन् । अरेबियन्सले टस जितेर बलिङ रोजेको खेलमा छैटाैँ ओभरमा बलिङ गर्न आएका साेमपालले दुइ विकेट लिएका छन् । पहिलो ओभरमा मात्रै २ रन खर्चेर २ महत्वपुर्ण विकेट लिएका छन ।

ओभरकाे पहिलाे बल डट गराएका साेमपालले दाेस्राे र तेस्राे बलमा एक एक रन खर्चिएका थिए । चाैथाे बलमा सेट ब्याट्सम्यान प्रसान्त गुप्ता र अन्तिम बलमा यासिर कालिमलाइ आउट गराएका छन । त्यस्तै आठाै ओभरमा २ चौकासहित साेमपालले १० रन खर्चिए ।

मराठाको प्लेइङ ११ : अलिशान शराफु, मुक्तार अली, अब्दुल शकूर, लौरी इभान्स, शोएब मलिक, मोसाददेक हुसेन (कप्तान), सोहाग गाजी, सोमपाल कामी, मारुफ मर्चन्ट, प्रवीण ताम्बे र ईशान मल्होत्रा ।

डेक्कनको प्लेइङ-११ : यासिर कलीम, प्रशांत गुप्ता, क्यामेरोन डेलपोर्ट, आजम खान, शराफुद्दीन अशरफ, अन्वर अली, इम्तियाज अहमद, जीशान जमीर, आरोन समर्स, जहूर खान र इमरान ताहिर (कप्तान) ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *