केपी ओलीले संसद विघटन गरेर संविधानको घाटी निमोठे : सभापति स्वार

केपी ओलीले संसद विघटन गरेर संविधानको घाटी निमोठे : सभापति स्वार

नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले अहिले नेकपाले गरिरहेको सबै क्रियालाप नौटन्की मात्र भएको बताउनु भएको छ ।

सोमबार जिल्ला सदरमुकाम मंगलसैनमा काँग्रेसका भातृ संगठन तरुण दल,महिला संघ,दलित संघ र नेविसंले संयुक्त  आयोजना गरेको संसद विघटनका विरुद्धको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पाटी सभापति स्वारले नेकपाका नेताहरूले नागरिकलाई भ्रममा पार्न मात्र एकले अर्काको गल्ती औल्याएर बिरोध गर्ने कार्य नाटक मात्र भएको बताउनु भयो ।उहाले काग्रेस नागरिकको पार्टी भएकाले काङ्ग्रेसको सडक सघर्समा साथ दिन आग्रह गर्नु भयो

प्रधानमनत्री केपी ओलीले संविधानमा संसद विघटन गर्न पाउने अधिकार नहुँदा पनि तानाशाही रूपमा  संसद विघटन गरेर ठुलो गल्ती गरेको बताए । संविधानको घाटी निमोठदै संविधान ल्याउदा गरेको बलिदानको अवमुल्यन गरेको प्रति आक्रोश व्यक्त गरेका छन् ।

लोकतन्त्र  ल्याउनका लागि गरिएको जनताको योगदानको कदर नै नगरी संसद विघटन गर्नु अलोकतान्त्रिक पद्धती भएकाले तत्काल यो निर्णय सच्याउन स्वारले आग्रह गरेका छन् ।

दलित संघ अछाम जिल्ला अध्यक्ष टक्कर ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब जिल्ला पार्टी सभापती पुस्प बहादुर शाह,मेघराज खडका,कर्ण बहादुर केसि विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा महासमिती सद्स्य राजन कुवर,अनुराधा स्वार, जिल्ला पाटी सचिव नम बहादुर शाही ,महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी,कमल बिक , जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुवर, काङ्ग्रेस क्षेत्रीय सभापति लक्ष्मण हुशाह,कृष्ण बुढा ,तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा ,कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिशरण ढकाल ,नेपाल प्रेस युनियन केन्द्रिय सदस्य रामबहादुर कुवर,नेपाल तरुण दलका अध्यक्ष प्रकाश साउद ,नेपाल विद्यार्थी संघ अछामका उपाअध्यक्ष खड्क बिष्ट ,नेपाल किसान संघ जिल्ला उपसभापति सहदेब ढुंगाना ,
नेपाल ट्रेड युनियन काङ्ग्रेस अछाम अध्यक्ष चित्रराज बजगाइ लगायतको उपस्तिथि रहेकोे थियो । कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघ अछामका सहसचिव पुष्प बहादुर भण्डारीले गर्नु भएको थियो ।

 

Leave a Reply