टी-१० लिग: सोमपालआवद्ध मराठाको लगातार दोस्रो हार

टी-१० लिग: सोमपालआवद्ध मराठाको लगातार दोस्रो हार

यूएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली खेलाडि सोमपाल कामी आवद्ध मराठा अरबियन्सले लगातार दाेस्राे हार बेहाेरेकाे छ । सनिबार आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा मराठा बंगला टाइगर्ससँग ६ विकेटले पराजित भएको हो।

बंगलाले पाएको १०४ रनको लक्ष्य १२ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्‍यो। बंगलाको जितमा जोनसन चाल्र्सले २३ तथा आन्द्रे फ्लेचरले ३१ रन रनको योगदान गरे। यस्तै अफिफ होसेनले २२ रन बनाउँदा चिराग सुरीले १९ रन थपे।

बलिङमा यमिन, मुक्तर अलि र सोहाग गाजीले १-१ विकेट लिए पनि हार टार्न सकेनन्। एक ओभर बलिङ गरेका सोमपाल कामीले समान १-१ चौका र छक्कासहित १२ रन दिएका थिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मराठाले निर्धारित १० ओभरमा विना विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो। उसका लागि मोहम्मद हफिजले ६१ रन बनाए भने अब्दुल साकुरले ३४ रन थपे। यसअघि मराठाले शुक्रबार दिल्ली बुल्ससँग ९ विकेटले पराजित भएको थियो।

Leave a Reply