काङ्ग्रेस मंगलसैन नगरकार्यसमिति वडा नम्बर ६ द्वारा विरोध प्रदर्शन

काङ्ग्रेस मंगलसैन नगरकार्यसमिति वडा नम्बर ६ द्वारा विरोध प्रदर्शन

अछाम : प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस मंगलसैन नगरपालिका वडा   नं६ ठुलासैनले  बिहीबार ठुलासैनमा विरोध प्रदर्शन गरेको छ ।

वडा सभापति हेमराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य एवं वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी  रहेका थिए। प्रमुख अतिथिको आसन बाट बोल्दै भण्डारीले प्रधानमन्त्री वलि र राष्ट्रपति बिधा देबि भण्डारीले गरेको  संसद बिगठन कार्य  असंवैधानिक ,अलोकतान्त्रिक भएको   बताएका छन् ।
वर्तमान केपि वलि नेतृत्वको सरकारले संसद बिगठन गरेर नेपाली जनताको लामो संघर्स बाट स्थापित संबिधान लाई तहसनहस पारी  लोकतन्त्रको धज्जी उडाएकोले नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षाका सडक आन्दोलनमा उत्रिएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नगर कार्यसमिति सभापति पुष्पराज भण्डारी रहनु भएको थियो । कार्यक्रममा क्षेत्रीय सदस्य सुवानाथ भण्डारी ,नन्दाराम भण्डारी ,नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारी ,नेपाल शिक्षक संघका सेतीराम भण्डारी ,नगेन्द्र भण्डारी ,काङ्ग्रेस नेता बेदप्रसाद भण्डारी ,नेपाल विद्यार्थी संघका खड्कराज भण्डारी ,दलित संघका गोबिन्द सोप,महिला संघका साबी भण्डारी लगायतले बिरोध मन्तव्य राखेक थिए ।

स्वागत मन्तब्य वडा उपसभापति मनिराम भण्डारीले राख्नु भएको कार्यक्रमको संचालन पाटिका वडा सचिव नमराज भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply