दिल्लीबाट फुकुवा भए सन्दीप, अब कुन टिमले किन्ला ?

दिल्लीबाट फुकुवा भए सन्दीप, अब कुन टिमले किन्ला  ?

इण्डियन प्रिमियर लिग (आईपीएल)मा  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट रिलिज (फुकुवा) भएका छन्।  सन्दीप सन् २०१८ मा दिल्लीमा २० लाख भारुमा आवद्ध भएका थिए।

सन्दीपले पहिलो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए।आईपीएलमा पछिल्लो तीन सिजन लगातार दिल्लीबाट खेलेका युवा स्पिनर सन्दीप आगामी संस्करणको लागि फुकुवा भएका हुन् ।

नयाँ सिजनका लागि अक्सन (लिलाम बढाबढ) हुनुअघि दिल्लीले सन्दीपलाई मुक्त गरेको हो । अब उनी आगामी फेब्रुअरीमा हुने अक्सनमा सहभागी हुन पाउने छन् । पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले गत संस्करणमा भने एक खेलमा पनि मौका दिएको थिएन । दिल्लीले सन्दीपसँगै एलेक्स केरी,किमो पल,तुषार देशपाण्डे र मोहित शर्मालाई पनि रिलिज गर्ने निर्णय गरेको छ ।

आईपीएलको आउँदो संस्करणको अक्सन फेब्रुअरीको दोस्रो हप्तातिर हुन सक्ने बताइएको छ।

Leave a Reply