यी २२ खेलाडीलाई क्यानले बन्द प्रशिक्षणमा बोलायो (सूचीसहित)

यी २२ खेलाडीलाई क्यानले बन्द प्रशिक्षणमा बोलायो  (सूचीसहित)

कठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले  बन्द प्रशिक्षण शिविरका लागि छनाेट खेलाडीहरू सार्वजनिक गरेकाे छ । यही १० मंसिरदेखि काठमाडौंमा सञ्चालन हुने प्रशिक्षण शिविरमा प्रशिक्षकसहित २२ जना खेलाडी रहेका छन् ।

शिविर सञ्चालन गर्नुपूर्व क्यानले मंसिर ८ गते बन्द प्रशिक्षणमा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई पीसीआर गरिने भएकाले संघमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ देखिनेलाई मात्र बन्द प्रशिक्षणमा सहभागी गराइने क्यानले जनाएको छ । बन्द प्रक्षिण हुनेमा प्रशिक्षक जगतबहादुर टमाटासहित २३ जना खेलाडी छन्।

 प्रशिक्षणमा बाेलाइएका खेलाडीहरूः
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी ( उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुशन भारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की। जगतबहादुर टमाटा (प्रशिक्षक)

Leave a Reply