नेपाल पुगेपछि सन्दीपले भने “कथा सकिएको छैन, विस्तारै शुरु हुँदै छ”

नेपाल पुगेपछि सन्दीपले भने “कथा सकिएको छैन, विस्तारै शुरु हुँदै छ”

विश्व चर्चित टि २० क्रिकेट लिग इण्डियन प्रिमियर लिग आइपिएलकाे प्लेइङ ११ मा माैका बनाउन नसकेका सन्दीपकाे अबकाे क्रिकेट भविस्यलाई लिएर टिकाटिप्पणीहरू भइरहेका छन् । आइपीएलमा दिल्लीले नखेलाएपछि धेरैले अन्य लिगहरूमा पनि प्रभाव पर्ने अड्कलबाजी गरिरहेका बेला सन्दीपले भने कथा नसकिएकाे  बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन् “कथा सकिएको छैन, विस्तारै शुरु हुँदै छ ।”

आइपीएल खेल्न यूएई पुगेका  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने नेपाल फर्किएका छन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछाने उतैबाट दुबइ पुगेका थिए । उनि बिहिबार बिहान नेपाल आइपुगेका हुन् ।

क्यारेबियन लिग सकेर उनी त्यतैबाट आइपीएलका लागि यूएई पूगेका थिए । उनलाई (आईपीएल)का लागि दिल्ली क्यापिटल्सले लगातार दोस्रो पटक टिममा अनुबन्ध गरेको थियो ।

आईपीएलको १३ औं सिजनमा राम्राे प्रदर्शन गर्ने अपेक्षा गरिएका लामिछानेलाई उनी आबद्ध टीम दिल्लीले कुनै खेलमा पनि माैका दिएन । मुम्बईसँग ५ विकेटले पराजित हुँदै उपविजेतामा चित्त बुझाएकाे दिल्लीले कुनै खेलमा पनि प्लेइङ ११ मा माैका नदिएपछि सन्दीपका समर्थकहरू निरास भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *