राष्ट्रकविले आफ्नो मृत्युपछि सार्वजनिक गर्नु भनेको गीत : त्यसरी होओस् मरण (भिडियो)

राष्ट्रकविले आफ्नो मृत्युपछि सार्वजनिक गर्नु भनेको गीत : त्यसरी होओस् मरण (भिडियो)

“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।

अमरापुरी सभामा आफैँलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *