जैसरादेवी स्मृति युवा क्लबद्वारा आयोजित खुला क्रिकेट प्रतियोगिता – सिजन ५ को उद्घाटन

जैसरादेवी स्मृति युवा क्लबद्वारा आयोजित खुला क्रिकेट प्रतियोगिता – सिजन ५ को उद्घाटन

अछाम : जैसरादेवी स्मृति युवा क्लबद्वारा आयोजित खुला क्रिकेट प्रतियोगिता – सिजन ५ उद्घाटन भएको छ ।

शुक्रबार जैसरादेवी स्मृति युवा क्लब तुर्माखाद गाउँपालिका ६ को आयोजनामा भएको खुला क्रिकेट प्रतियोगिता – सिजन ५ का अध्यक्ष एवं क्लबका अध्यक्ष जनक बिष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बिसि रहनु भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका महासमिति सदस्य मानबहादुर शाही रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि बेलु साउद,नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य सुशील भण्डारी , वडा नम्बर ६ का अध्यक्ष टिकाराम न्यौपाने ,वडा नम्बर ८ का अध्यक्ष निरक शाही ,अनेरास्ववियु केन्द्रीय सदस्य कमल कोलि, तुर्माखाद गाउँपालिका खेलकुद प्रशिक्षक कमल बुढा ,नेपाली  काङ्ग्रेसका नेता एवं वडा नम्बर ६ का वडा सदस्य जवालसिंह बुढा , लगायतले मन्तव्य राखेका थिए ।

क्लबका सल्लाहकार जीवन परियारको स्वागत मन्तव्य बाट
सुरु भएको कार्यक्रमको संचालन सचीव खेमराज साउदले गर्नुभएको थियो । प्रतियोगितामा १९ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न ठाउँ बाट सहयोगि दाताहरुले आर्थिक सहयोग गरेका छन् ।
सहयोगिमन हरुलाइ क्लब परिवारले हार्दिक आभार प्रकट गरेको छ ।

‎ विगतका बर्षका आर्थिक लागत भन्दा यो पटक पुरुस्कार राशीपनि धेरै भएको र अन्य खर्च पनि धेरै हुने अनुमान गरिएको क्लबका अध्यक्ष जनक बिष्टले बताउनुभयो ।
प्रतियोगितामा ‎पुरुस्कार राशि प्रथम  रु.  १ लाख  एक हजार १ सय ११  र ‎पुरुस्कार राशि  द्वितीय रू.५० हजार  १ सय  ११  रहेको छ ।

Leave a Reply