जैसरादेवी स्मृति युवा क्लबले असोज २४ गते गर्ने खुला क्रिकेट प्रतियोगिता–सिजन ५ को सम्पुर्ण तयारी पुरा

अछाम : यही असोज २४ गते विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा जैसरादेवी स्मृति युवा क्लब तुर्माखाद गाउँपालिका ६ को आयोजनामा हुन लागेको खुला क्रिकेट प्रतियोगिता – सिजन ५ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न ठाउँ बाट सहयोगि दाताहरुले आर्थिक सहयोग गरेका छन् ।
सहयोगिमन हरुलाइ क्लब परिवारले हार्दिक आभार प्रकट गरेको छ । हालसम्म १५ वटा टिम दर्ता भइसकेका क्लबका सचिव खेमराज साउदले जानकारी दिनुुभयो।
विगतका बर्षका आर्थिक लागत भन्दा यो पटक पुरुस्कार राशीपनि धेरै भएको र अन्य खर्च पनि धेरै हुने अनुमान गरिएको क्लबका अध्यक्ष जनक बिष्टले बताउनुभयो । प्रतियोगितामा पुरुस्कार राशि प्रथम रु.१ लाख १ हजार ११ र पुरुस्कार राशि द्वितीय रू.५० हजार १ सय ११ रहेको छ ।
२०७८ सालदेखि स्थापना भएको जैसरादेवी स्मृति युवा क्लब सामाजिक सेवामा समर्पित हुँदै बालबालिका तथा युवावर्गमा जनचेतना जगाउने, गाउँ–समाज र पालिकाको समग्र विकासमा सहकार्य गर्ने उद्देश्यले निरन्तर क्रियाशील रहँदै आएको अध्यक्ष बिष्टले बताउनुभयो ।
विशेष गरी कोभिड–१९ महामारीको कठिन समयमा क्लबका पदाधिकारीहरूले आफ्नै पहलमा समुदायभित्र खटेर अशक्त, असहाय, वृद्ध, जेष्ठ नागरिक तथा विपन्न कृषक परिवारलाई मास्क, खाद्यान्न तथा आवश्यक न्यानो लुगाहरु वितरण गर्दै समाजसेवामा योगदान पुर्याएको गौरवमय इतिहास रहेको छ।
युवा एकता, जागरूकता र नेतृत्व विकास हाम्रो क्लबको प्रमुख उद्देश्य हो। त्यसैगरी, शैक्षिक क्षेत्रमा पनि क्लबले निरन्तर विद्यालयसँग सहकार्य गर्दै आएको छ। समय–समयमा विद्यालयमा अध्ययनरत जेहेन्दार, टुहुरा तथा असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दै उनीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउँदै आएको छ ।