स्व. जीपी कोईरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा बिरामीलाई फलफुल बितरण

स्व. जीपी कोईरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा बिरामीलाई फलफुल बितरण

अछाम । पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका पूर्व सभापती स्व. गिरिजा प्रसाद कोईरालाको ९९ औँ जन्म जयन्तीको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ ।                 

जिपी कोईराला फाण्डेशन अछामको आयोजनामा बयालपाटा अस्पतालको आकस्मिक र अन्तरंग बिभागमा भर्ना भएका ४० बढी बिरामीलाई फलफुल बितरण गरिएको फाण्डेशनकाा सचिव कृष्ण बुवँरले बताए ।   

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको उपस्थितीमा स्व. कोईरालाको जनमजयन्तीमा उनलाई स्मरण गर्दै बिरामीलाई फलफुल बितरण गरिएको सचिव कुवँरले जानकारी दिए ।

बिरामीलाई फलफुल बितरणपछि भएको फाउण्डेशनका जिल्ला अध्यक्ष यज्ञ राज ढुंगानाको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै सहमहामन्त्री पाण्डेले स्व. गिरिजा प्रसाद कोईरालाको योग्दान पछि नेपाल स्वर्णिम कालमा प्रबेश गरेको बताए । उहाँ नेतृत्वमा भएका आन्दोलनको परिर्वतनले देशमा शान्ति र संबिधान आएको उनले बताए ।

उहाँले राष्टका लागि पुरयाएको योग्दानको कांग्रेसले मात्र नभई एक सच्चा देशभक्त नागरिकले उच्च प्रशंसा गर्ने नेता पाण्डेको भनाई थियो । उहाँले खडा गरेको जगमा नै देश अघि बढेको भन्दै नेता पाण्डेले अहिलेको गठबन्धन पनि त्यसैको संस्करण भएको बताए ।

एक अर्को प्रशंगमा बोल्दै नेता पाण्डेले एमाले अध्यक्ष ओलीमा दम्भ नहटेकाले सबक सिकाउन पनि गठबन्धनको आवश्यक्ता महशुस भएको बताए । स्व. कोईरालाको सहमती, सहकार्य र एकताको बाटो सबै राजनितिक दल अग्रसर भए मात्रै मुलुकमा विकास र परिर्वतन हुने नेता पाण्डेको भनाई थियो ।

अरु जिल्लाको तुलनामा अछाममा जिपी फाण्डेशन बढी सक्रिय रहेको भन्दै नेता पाण्डेले आउने दिनमा यस्तै रचनात्मक काम सहित दिर्घकालिन रुपमा टेवा पुग्ने खालका काम गर्न सुझाब दिए ।

कार्यक्रममा नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाह र पूर्व पार्टी सभापती भरत कुमार स्वाँरले स्व. कोईरालाको स्मरण गर्दै उहाँले देखाएको बाटोलाई अंगिकार गर्दै अघि बढेमात्र उहाँप्रति सच्चा ऋद्धाञ्जली हुने बताए । जिपी फाउण्डेशन अछामले बिभिन्न समयमा रचनात्मक एवंम सामाजिक कार्य गरिरहेकोमा प्रशंसा गर्दै उनिहरुले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

फाउण्डेशन अछामका अध्यक्ष यज्ञराज ढुंगानाले जिल्लामा फाण्डेशनमा मार्फत सामाजिक र शैक्षिक क्षेत्रमा अब आउने दिनमा काम गर्ने योजना बनाएको भन्दै यसका लागि पार्टीले पनि सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस सुदुरपश्चिम प्रदेश सदस्य रुपा आउजी, महासमिती सदस्य बल बहादुर कुवँर, राजन कुवँर, जिल्ला सचिव टक्कर शाह, सहसचिव दिनेश स्वाँर, महाधिबेशन प्रतिनिधी,अप्सरा कुवर, क्षेत्रिय सभापती कृष्ण बुढा लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

फाण्डेशनका जिल्ला सचिव कृष्ण कुवँरले स्वागत गरेका कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश अधिवेशन प्रतिनिधि सुशिल भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *