५ महिनामा ४१ करोड १२ लाख रुपैयाँ विदेशी लगानी फिर्ता

५ महिनामा ४१ करोड १२ लाख रुपैयाँ विदेशी लगानी फिर्ता

चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी लगानीकर्ताले नेपालमा कमाएको नाफाबापतको रकम लाने क्रम बढेको छ ।

विगतमा विदेशी लगानीकर्ताले नाफाबापतको रकम पुनः नेपालमै लगानी गर्ने गर्थे । तर अहिले फिर्ता लैजानथालेका हुन्।नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्म विदेशी लगानीकर्ताले १८ अर्ब २३ करोड रुपैयाँ विदेश लगेका हुन् । यो मात्रै नभई नेपालमा रहेको लगानी नै फिर्ता समेत लाने क्रम बढेको छ।यो ५ महिना अवधिमा विदेशी लगानीकर्ताले ४१ करोड १२ लाख रुपैयाँ लगानी फिर्ता लगेका छन् ।

गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले १२ अर्ब ९० करोड रुपैयाँ मात्रै लगेका थिए । तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले लगानी फिर्ता लगेका थिएनन् । तर यो वर्ष कोरोना महामारीका कारण लगानीकर्ताले जोखिम वहन गर्न नसक्ने स्थिति सिर्जना भएको भन्दै नाफा रकम फिर्ता लगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *