तत्काल स्थायी समस्या समाधानका लागि पहल गरिदिन सुकुम्बासीहरुको आग्रह

तत्काल स्थायी समस्या समाधानका लागि पहल गरिदिन सुकुम्बासीहरुको आग्रह

बिधुत्मा रैका,

कोहलपुर ११ को शाान्तिनगरमा बसेका भूमिहीन तथा सुकुम्बासीहरुले अव्यवस्थित भूमिहिन दलित सुकुम्बासीको लागत तत्काल लिनुपर्ने माग गरेका छन् ।

उनीहरुले बसाई सराई लगायत व्यक्तिगत घटना तत्काल दर्ता गरिदिनु पर्ने माग गरेका हुन् । कोहलपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने अव्यवस्थित तथा सुकुम्बासीहरुको पहिचान गरी तत्काल स्थायी समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफुहरुको लगत संकलन नगरिदिएर कोहलपुर नगरपालिकाले बिभेदकारी निती लिएको बताएका छन । सुकुम्बासी बस्तीमा आयोजित पत्रकार भेटघाट तथा सघर्ष समिती गठन कार्यक्रममा बोल्दै उनिहरुले आफुहरुको व्यक्तिगत घटना दर्तानैं नगरीदिएर लगत संकलन समेत नगरिएको बताए । उनिहरुले आयोगको बिभेदकारी निती बिरुद्ध आश्चित कालिन आन्दोलन घोषणा गरेका छन ।

उनिहरुले ९ गते देखि कोहलपुर नगरपालिका घेराउ गर्ने चेतावनी दिए । आफ्ना सम्पुर्ण काम थाती राखेर आन्दोलनमा होमिने अव्यवस्थीत भुमिहीन तथा सुकुम्वासी समितीका अध्यक्ष जिवन थापा मगरले जानकारी दिए । उनले आयोगको कार्यबिधीमा भुमिहीन र दलितलाई प्राथमिकतामा राखेको भएपनि लक्षीत बर्गको लगत संकलन नगरीनु दुखद भएको बताए । उनले शान्तिपुर्ण बिरोध कार्यक्रम गरेर आफ्नो अधिकार लिएर छाड्ने बताए ।

कार्यक्रममा तिलक सिजापतीको संयोजकत्ममा २१ सदस्यीय सघर्ष समिती गठन गरिएको छ । समितीले आईतवार देखी अनिश्चित कालिन आन्दोलन घोषणा गरिएको बताए । उनले बस्तीका सम्पुर्ण मानिस अनिवार्य आन्दोलनमा सहभागि हुने बताए । सर्बोच्च अदालतले वसेकै ठाउँमा व्यक्तिगत घटना दर्ता गरिदीने निर्णय गरेको भए पनि जन्म दर्ता समेत नगरिदिँदा आफ्ना बाल बालिकाहरु बिद्यालय जान बाट बंचित भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *