नेपाली काङ्ग्रेस कमलबजार नगरपालिका १ मुलिको दोस्रो वडा सम्मेलन सम्पन्न

नेपाली काङ्ग्रेस कमलबजार नगरपालिका १ मुलिको दोस्रो वडा सम्मेलन सम्पन्न

अछाम :नेपाली काङ्ग्रेस कमलबजार नगरपालिका वडा नम्बर १ मुलिको दोस्रो वडा सम्मेलन भएको छ । वडा सभापति तेजबहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पाटी सभापति एवं महासमिति सदस्य पुष्प बहादुर शाह रहनु भएको थियो ।                  प्रमुख अतिथिको आसन बाट बोल्दै सभापति शाहले प्रधानमन्त्री वलि र राष्ट्रपति बिधा देबि भण्डारीले गरेको  संसद बिगठन कार्य  असंवैधानिक ,अलोकतान्त्रिक भएको  बताएका छन् ।
वर्तमान केपि वलि नेतृत्वको सरकारले संसद बिगठन गरेर नेपाली जनताको लामो संघर्स बाट स्थापित संबिधान लाई तहसनहस पारी  लोकतन्त्रको धज्जी उडाएकोले नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षाका सडक आन्दोलनमा उत्रिएको बताए । देश र जनताइ अफ्ट्यारो महसुस हुँदा जहिले पनि काङ्ग्रेसको खाचो हुने गरेको उनले बताए ।

मुलुकमा दुई तिहाइको कम्युनिस्ट सरकार हुदा पनि कम्युनिस्टले सरकार चलाउन नसकेकोले अब कम्युनिस्ट बाट जनताले कुनै अपेक्षा नगरेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि पुर्व सांसद अक्कल बहादुर बिष्ट रहनु भएको थियो ।
कार्यक्रममा महासमिति सदस्य बलबहादुर कुवर,महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट ,कमल बिक,कृष्ण प्रसाद ढकाल ,नेपाली काङ्ग्रेस अछामका सचिव नमबहादुर शाही ,क्षेत्रीय सभापति लक्ष्मण शाह, कमलबजार नगरपालिका नगर उप प्रमुख भुमिशरण बजगाइ ढकाल ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य यज्ञप्रसाद ढकाल , नंयाराम बजगाइ,तप्तबहादुर बिस्ट,पदमबहादुर भण्डारी ,पुर्व क्षेत्रीय सचिव पुष्पराज अधिकारी,मंगलसैन नगरकाॠसमिती सभापति पुष्पराज भण्डारी ,उप सभापति राजेश बाबू बोगटी ,नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारी ,नेपाल शिक्षक संघका जिल्ला सदस्य धर्म राज बजगाइ,नेपाल विद्यार्थी संघका नेता खड्क बिष्ट ,नवीन शाह ,लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन काङ्ग्रेस नेता सर्प बहादुर बिष्टले गर्नुभएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *