सुनकाे मुल्य घट्याे

सुनकाे मुल्य घट्याे

बिहिवार नेपाली बजारमा पहेंलो धातुको मूल्य प्रतितोला रु १०० ले घटेकाे  छ ।

आज छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ९१ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला रु ९१ हजार ९५० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला रु एक हजार २०० मा कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *