संसद विघटनको विरुद्ध अछामको कमलबजारमा कांग्रेसले गर्‍यो :बिरोध सभा

संसद विघटनको विरुद्ध अछामको कमलबजारमा कांग्रेसले गर्‍यो :बिरोध सभा

अछाम : संसद विघटनको विरुद्ध नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ को आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।

क्षेत्रीय सभापति लक्ष्मण शाहको सभापतित्वमा भएको बिरोध सभालाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै काङ्ग्रेस नेता एवं पुर्व सांसद अक्कल बहादुर बिष्टले

संसद विघटन गरेर केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार अधिनायकवादतर्फ लागेको आरोप लगाए । उनले कम्युनिस्टहरूको अधिनायकवाद कांग्रेसलाई स्वीकार्य नरहेको बताए ।
‘प्रधानमन्त्री केपी ओलीको गलत निर्णयविरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा होमिने बताए । कम्युनिस्टहरूलाई जनताले दुईतिहाइ बहुमत दिँदा पनि शासन चलाउन नसकेको भन्दै अबको शासन नेपाली कांग्रेसको हुने उनको भनाइ छ ।

त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै पुर्व पाटी सभापति पुष्प बहादुर शाहले ओली सरकार र राष्ट्रपतिको मिलोमतोमा लोकतन्त्रमाथि गम्भीर खेलवाड भएको बताए ।
कार्यक्रममा अन्य विशिष्ट अतिथि नेपाली काङ्ग्रेस अछामका पाटी उपसभापति चन्द्र प्रसाद ढुंगाना,पुर्व पाटी सभापति कर्ण बहादुर केसी ,महासमिति सदस्य अम्बिका चलाउने रहनु भएको थियो । बिरोध कार्यक्रममा महाधिवेशन प्रतिनिधि पदम राज अधिकारी ,सुरत बिष्ट ,कमल बिक ,
काङ्ग्रेस जिल्ला सचिव नम बहादुर शाही ,जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोपबहादुर रावल ,नेपाली काङ्ग्रेस अछामका जिल्ला सदस्य तथा ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढा ,काङ्ग्रेस जिल्ला सदस्य यज्ञराज ढकाल , भुमिशरण ढकाल ,नयाँराम बजगाइ,नेपाल प्रेस युनियन अछामका पुर्व अध्यक्ष जनक राज भण्डारी ,नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष बिष्णु भण्डारी ,नेपाल महिला संघका सचीव पुर्णा शाह,नेपाल विद्यार्थी संघ अछाम सचिव बम बहादुर स्वार लगायतले मन्तव्य  राख्नु  भएको  थियो ।     काङ्ग्रेस क्षेत्रीय सदस्य माेहन सिंह देउवाको स्वागत मन्तव्य बाट सुरु भएको बिरोध सभाको सञ्चालन क्षेत्रीय सचिव टंक धामीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *