ब्रोकर कमिशन घटाउन लगानीकर्ताकाे माग, बोर्डलाई बुझाए ज्ञापनपत्र

ब्रोकर कमिशन घटाउन लगानीकर्ताकाे माग, बोर्डलाई बुझाए ज्ञापनपत्र

काठमाडौं : ब्रोकर कमिशन घटाउन पर्ने माग गर्दै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका छन् ।

शुक्रबार लगानीकर्ताहरुको विभिन्न संगठनले लगानीको लागत कम माग गर्दै धितोपत्र बोर्ड पुगेर ज्ञापन पत्र बुझाएका हुन् । लगानीकर्ताहरुले पुँजी बजार प्रविधिमैत्री बन्दै गएको र कारोबारसमेत बढेको भन्दै ब्रोकर कमिशन तत्काल घटाएर ०.२५ प्रतिशत कायम गर्न माग गरेका छन् ।

पुँजी बजार प्रविधिमैत्री बन्दै गएपछि लगानीकर्ताले आफैं सेयर किनबेच गर्न थालेकाे अवस्थामा ब्रोकर कमिशस घटाउन लगानीकर्ताहरुले माग गरेका छन् । ज्ञापन पत्र बुझाउदै लगानीकर्ताहरु ब्रोकर कमिशन तत्काल घटाउन बोर्ड तर्फबाट उपकार्याकारी निर्देशक मुक्तीथान श्रेष्ठलाई आग्रह समेत गरेका छन् ।

अहिले ब्रोकर कमिसन न्यूनतम ०.४ प्रतिशतदेखि अधिकतम ०.६ प्रतिशसम्म रहेको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *