विश्व स्वास्थ्य संगठनका ६५ जना कर्मचारीलाई कोरोना पुष्टि

विश्व स्वास्थ्य संगठनका ६५ जना कर्मचारीलाई कोरोना पुष्टि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा कार्यरत ६५ जना कर्मचारीलाई  कोरोनाभाइरसको संक्रमण देखिएको छ ।  कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना संक्रमित भएका हुन् ।

संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उनीहरु सवै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी हुन्  । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला संक्रमित भएको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका सवैलाई आवस्यक सम्पूर्ण उपचारको व्यवस्था गरिएको जानकारी  डब्लुएचओले ट्वीट गर्दै दिएको छ । त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लुएचओले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *