विदेशमा युवा सजगता अभियान विस्तार

विदेशमा युवा सजगता अभियान विस्तार

बिदेशमा युवा सजगता अभियान बिस्तार काॠ सुरु भएको छ ।

नेपालका विभिन्न जिल्लाहरुमा आफ्नो संगठन विस्तार गरिरहेकोअभियानले बिदेशमा पनि युवा सजगता अभियानको संयोजक तोक्ने कार्य सुरु गरेको हो ।

जस अन्तर्गत होल्याण्डमा अच्युत कट्टेल ,क्यानडाको लागि रामहरि कोइराला र जर्मनीमा तेजेन्द्र बहादुर कार्कीलाई बिदेश संयोजक तोकिएको अभियानका केन्द्रिय अध्यक्ष चिन्तन पौडेलले बताउनु भयो ।अभियानले यश अघि चिन्तामणी सापकोटा लाइ  युरोप ,डिपि कंडेल एसिया ,रामेश्वर बुर्लाकोटी अमेरिका र क्यानडा ,प्रबिण गुरागाइ ओसियाना,नगेन्द्र श्रेष्ठ बेलायत ,बिनोद बुढाथोकी कोरिया र नागेन्द्र प्रसाद जोशी लाई भारतको संयोजक तोकिएको थियो ।

युवा सजगताअभियानले देश तथा बिदेशमा अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तिव विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने,सामाजिक कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *