नेपाललाई ओलीको प्रस्ताव, ‘मिलेर जाऊँ’

नेपाललाई ओलीको प्रस्ताव, ‘मिलेर जाऊँ’

काठमाडौँ :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाएका थिए । उनी भने स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए ।

बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो । प्रधानमन्त्रीले लामै कुरा गरेपनि ठोस प्रस्ताव भने गरेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *