मजदुरी गरेर हुर्काएको छोराकाे ह’त्या , उजाडियो आमाको सपना

गोविन्द बिक नौ वर्षका थिए । उनका बुवा बिते । आमा कलावती बिकले तीन छोरा र एक छोरीलाई मजदुरी गरेर हुकाईन । तीन दाजुभाईमा उनी माहिला थिए । उनीभन्दा अगाडि एक दिदी र दाई थिए । पछाडि दुई भाई । सुकुम्बासी परिवार । सहारा केही थिएन । बुवा बितेपछि परिवारको पालनपोषणको अभिभारा आमा कलावतीको काँधमा आयो । खेतीका लागि जमीन थिएन ।

सम्पत्तीका नाममा एउटा ओत लाग्ने झुपडी थियो । त्यही झुपडीमा उनी हुर्किए । आमा कलावतीले अर्काको खेतमा काम गरिन । दाउरा बेचिन । मजदुरी गरिन । आफ्ना सन्तानलाई हुर्काउन उनले निकै हण्डर खाईन । अभाव झेलिन । पीडा भोगिन । तर पनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने उनको सपना थियो । दाईभाईले धेरै पढ्न रुचि देखाएनन । दाई खेती किसानमा जुटे । कान्छो भाईले पनि एसएलएसी दिएपछि पढाई छोडे । दिदीको बिहा भयो । तर गोविन्दले पढाई छोडेनन ।

पुनर्वासको क गाउँमा रहेको बागेश्वरीमा माविबाट एसएलसी पास गरे । र थप पढाईका लागि उनकी आमा कलावतीले कैलाली बहुमुखी क्याम्पस भर्ना गरिन । धनगढी डेरा गरेर पढाउन सक्ने आर्थिक हैसियत थिएन । तर पनि छोरालाई पढाएर ठूलो बनाउने सपना पुरा गर्न उनले रातदिन मजदुरी गरिन । तीन वर्षअघि आमा कलावतीको सपना पुरा भयो ।

गोविन्दले नेपाल प्रहरीमा प्रहरी सहायक निरिक्षकमा नाम निकाले । त्यो दिन कलावतीका लागि मात्र नभएर उनको समुदायकै लागि ठूलो खुशीको दिन थियो । दलित समुदायबाट असई हुने गोविन्द पहिलो युवा थिए । पढेर के हुन्छ र भनेर बीचमै पढाई छोड्ने दलित समुदायका विद्यार्थीहरुका लागि त उनी प्रेरणाको स्रोत नै थिए । किनकी उनी आफ्नै बलबुता, अध्ययन र मिहिनेतले असई भएका थिए । उनको न पहूँच थियो । न त उनी कुनै राजनैतिक दलका कार्यकर्ता थिए । आमा कलावतीको छोरा ठूलो भएको हेर्ने सपना भने धेरै समय टिकेन ।

भदौ पहिलो साता धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित प्रहरी चौकीको ईञ्चार्जको जिम्मेवारी सम्हालेका गोविन्द कार्तिक १ गते राति ग’स्तीको क्रममा निस्किएका बेला त’स्करहरुको ए’म्बुसमा परे । उनको बि’भत्स ढं’गले त’स्करहरुले ह’त्या गरे । यो घ’ट्ना गोविन्द बिकको मात्र ह’त्या थिएन । आमा कलावतीको एउटा सपनाको पनि ह’त्या थियो । र उनीसंगै आश्रित श्रीमती, सात र तीन वर्षीया छोरी, दाई, भाउजु, उनीहरुका तीन सन्तान, भाई र बुहारी समेत गरी परिवारका ११ जना सदस्यको आशा र भरोसाको पनि ह’त्या थियो । गोविन्द राति ग’स्तीबाट ह’राएको खवर सुनेपछि अत्तालिएका उनकी आमा र श्रीमती उनको ला’श भे’टिएयता हो’समा छैनन । परिवारका सदस्यहरु आफै वि’क्षिप्त झै छन् ।

आमा र उनकी श्रीमतीलाई कसरी स’म्हाल्ने ? गोविन्दका मामा भरमल सुनाउदै थिए, हाम्रो त सपना र आशा भरोसा उही भाञ्जा थियो । उही तस्करहरुको निशानामा प¥यो । परिवारका सदस्यहरुलाई त यो खवरमाथि नै विश्वास लागिरहेको छैन । यो खवर झु’टा भईदियो हुन्थ्यो, मामा सुनाउदै थिए, नाबालक भाञ्जालाई मजदुरी गरेर हुर्काएकी दिदी र बुहारीलाई कसरी सम्झाउनु ? भाञ्जा गोविन्द सिंगो दलित समुदायको एक्लो असई थियो । उसैलाई त’स्करले मा’रिदिए । गोविन्दले धनगढीमा डेरा लिई छोराछोरीलाई पढाईरहेका थिए । उनको ह’त्यापछि उनका छोराछोरी र श्रीमतीको त बि’चल्ली भएको छ नै, उनको पुरै परिवार नै आ’र्थिक सं’कटसंगै न’मेट्नि पी’डा भोग्न बा’ध्य भएको छ । खबरकुञ्जबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *