कोरोनापश्चात पुरुषहरुमा प्रजनन क्षमता घट्न सक्ने

कोरोनापश्चात पुरुषहरुमा प्रजनन क्षमता घट्न सक्ने

एजेन्सी : कोरोना भाइरस संक्रमणबाट गम्भीर रुपमा बिरामी भएका पुरुषहरुको प्रजनन क्षमता घट्नसक्ने एक अध्ययनले देखाएको छ ।
इजरायलका डाक्टरहरुले कोरोना संक्रमित बिरामीहरुमा गरेको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको लागेको हो ।

इजरायलस्थित शेबा मेडिकल केन्द्रका डाक्टर डेन एडेरको नेतृत्वमा कोरोना संक्रमित पुरुषहरुमाथि अनुसन्धान गरिएको थियो।

त्यस क्रममा संक्रमित पुरुषहरुको जाँचका क्रममा उनीहरुकोे शुक्रकिटसमेत कोरोना भाइरसबाट संक्रमित हुने र त्यसले पुरुषको प्रजनन क्षमतामा गिरावट ल्याउने तथ्य पत्ता लागेको हो।

डाक्टर डेन एडेरका अनुसार कोरोना भाइरसका कारण पुरुषमा शुक्रकिटको मात्रा आधाले घट्न सक्दछ। साथै कोरोना भाइरस संक्रमणले पुरुषमा शुक्रकिटको गुणस्तरमा पनि असर पार्ने शोधकर्ता डाक्टर डेनको भनाइ छ।

उनका अनुसार कोरोना भाइरसले पुरुषका अण्डकोषका दुईवटा विशेष कोषलाई समेत नष्ट गर्न सक्दछ। भाइरसले नष्ट गरेको अण्डकोषका कोशिकाहरु पछि आफैं ठीक हुने–नहुने भन्ने बारेमा थप अध्ययनको आवश्यकता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *