पञ्चदेवल विनायकको सामुदायिक आयोजनामा २१२ जनालाई रोजगार

पञ्चदेवल विनायकको सामुदायिक आयोजनामा २१२ जनालाई रोजगार

कमल प्रसाद भण्डारी, अछाम :  अछामको पञ्चदेवल विनायकमा सामुदायिक आयोजनाको  कार्य धमाधम भइरहेको छ  ।  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पञ्चदेवल विनायक नगरपालिकामा ५ वटा सामुदायिक आयोजना सञ्चालनमा रहेका छन् ।

कूल ४४ लाख ३० हजार बजेट रहेको यस नगरपालिकामा सडक निर्माण, सडक मर्मत, खानेपानी योजना निर्माण, विद्यालय भवन निर्माण लगायतका योजनाहरु सञ्चालन भइरहेका पञ्चदेवल विनायक नगरपालिकाका रोजगार संयोजक भरत अधिकारीले बताए ।

रोजगार व्यक्तिहरुलाई न्यूनतम १०० दिनको रोजगारी दिने योजना भएको भएपनि यसवर्ष कोरोना भाइरसका कारण पूरै १०० दिन रोजगारी दिन भने सकिएन । समय सीमा हेरी यस नगरपालिकामा न्यूनतम २० देखि अधिकतम ४५ दिनसम्म रोजगारीमा खटाइएको पनि संयोजक अधिकारीले बताएका छन् ।

Leave a Reply