पिएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

पिएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

इंग्लिस क्लब आर्सनलले ब्राजिलियन मिडफिल्डर विलियनसँग सम्झौता गरेको छ। ३२ वर्षीय विलियनसँग तीन वर्षका लागि सम्झौता भएको छ।

यसअघि चेल्सीमा रहेका विलियनको सम्झौता यहि सिजन सकिएको थियो।

चेल्सीले सम्झौता थप गर्न चाहे पनि विलियनले अस्वीकार गरिदिएका थिए।

सन् २०१३ मा रसियन क्लब मखाच्कलाबाट उनी चेल्सीमा ३० मिलियन पाउन्डमा आबद्ध भएका थिए। त्यसयता उनले चेल्सीबाट ३३९ खेल खेल्दा पाँच मुख्य उपाधि जिते। जसमा दुई प्रिमियर लिग र एक युरोपा लिग छन्।

सिजनमा आर्सनल आठौं भएको थियो। चेल्सीले भने चौथौ हुँदै च्याम्पियन्स लिगमा स्थान बनाएको थियो।

विलियनको आगमनपछि टिममा ठूलो प्रभाव पर्ने प्रशिक्षक मिकेल अर्टेटाले बताएका छन्।

लिगमा खराब प्रदर्शन गरे पनि आर्सनलले चेल्सीलाई हराएर एफए कपको उपाधि जितेको थियो। जुन खेल विलियनले घाइते भएका कारणले खेल्न पाएका थिएनन्।

गत सिजनमा विलियनले ९ गोल गर्दा ७ एसिस्ट गरेका थिए।

Leave a Reply