कथा- “चमेली”

कथा- “चमेली”

– सुमन भट्टराई

“चमेली, तिमी त मनग्गे मोटी पो भइछ्यौ?”
“आजकल खानेकुरामा फेरबदल भएको छ, भाउजु।”
“पेट पनि निकै ठूलो पो देख्छु त!”

अब भने चमेलीको बोली घाँटीभन्दा तलै अ*ड्कियो। माथि निस्किएन। उसलाई आपतै पर्यो।  तृष्णा भाउजुका प्रश्नहरू अक्सर तीखो र रुखो नै हुने गर्थे। आफू धर्म-संस्कारमा बसेको मान्छेले संस्कार मिच्नेलाई घृ*णा त गर्ने नै भयो। सकेसम्म मिच्न नैँ दिँदैन। यही एउटा कारण थियो जसले गर्दा तृष्णा भाउजुको तीरले यस पटक चमेलीलाई घोच्यो।  चमेली `के गरूँ, कसो गरूँ र कहाँ भागूँ´ भन्ने जटिल परिस्थितिमा गुज्रिरहेको बेला तृष्णा भाउजू फेरि खन्निइन्,”के तिमीलाई पनि बकाइनोसम्म पुग्ने रहर छ?” गाउँको फेदीको बकाइनोमा हालसम्म एघार जना पा*सो लागिसकेका थिए। र झु*ण्डिनेहरू मध्ये अधिकांश अविवाहित गर्भवतीहरू थिए। `बाह्रौँ बहादुर कतै चमेली नै त हुने हैन?´

“कुरा के भने नि भाउजू…” चमेलीको कुरा बीचैमा काट्दै तृष्णा भाउजू बोलिन्,”`ग्याष्ट्रिक भयो, मैदाको सेल खाएर पेट ढाडियो, आज खानामा चिल्लो बढि भएर´ जस्ता बकम्फुसे कुराहरू मसामू चल्दैन, चमेली!” उनी चर्किँदै गइन्,”पुरै गाउँ हल्लाले गनाउनु अघि कुरोलाई टुङ्गो लगाइसक्नु पर्छ। को हो त्यो राक्षस? हामीलाई भन, हामी आमा समूहका महिलाहरू मिलेर ठिक पार्छौँ। कि मिलेमतोमै भा’को हो सब? हो भने पोइल गैजाऊ!” चमेलीको मुख थर्थराई मात्रै रह्यो, केही आवाज निस्किएन। बरू आँखाबाट आँशुको लर्कोले जमिनतिरको यात्रा तय गर्यो।

“सधैँ शक्तिहीन भनेर त्यसै हेप्दैनन् पुरुषले हामीलाई! प्रतिरोध/प्रतिरक्षा गर्न सक्ने सामर्थ्य थिएन तिमीमा? थुक्क, लाचार केटी! सन्नीमा बजाएर भाग्न सकेनौ?” सायद चमेलीको आँशुको भाषा बुझिन् भाउजुले, “भन्छौ कि त्यस पा*पीलाई हामी नै पत्ता लगाऊँ?”

अन्तिममा चमेलीको सानो स्वर काँप्दै निस्कियो, “भिनाजु…”
“तिम्रा पाँच वटा भिनाजु छन्; कुन चाहिँ?”
“काइँलो… भिनाजु…”
ए… त्यसो पो? ठिक छ, अहिले घर जाऊ, बाँकी कुरा साँझ समूह भेलामा राखौली!”
“प्लिज भाउजू, म हजुरसामू हात जोड्छु, बरु हजुरको खुट्टा समाउँछु। यो कुरा बाहिर नलगिदिनू!”
“अनि त्यो पेटलाई चैँ के गर्छेस्?” अहिले त भाउजुले तँ भनेरै गा*ली गरिन्।
“जेसुकै गरूँ, तर प्लि…ज यो कुरा कसैलाई नभनिदिनु्स्, मलाई त्यसले मार्छ! `कसैलाई भनिस् भने मारेर फ्याँकिदिन्छु´ भनेको छ।”
“अनि के कसैलाई नभने चैँ तँ बाँच्छेस्? गाउँका अन्य आत्मह*त्याका घ*टनाहरू भुलेका छैनौँ हामीले। यो कुरा गोप्य राख्न खोज्यो भने त्यो भन्दा गतिलो गन्तव्य भेट्दैनौ चमेली तिमीले। हामी महिलाहरू मिलेर तिमीलाई न्याय दिलाउने कोशिस गर्नेछौँ। चिन्ता नगर अब!” पानी पँधेराको उनीहरूको कुराकानी यसरी टुङ्गियो।
………
आमा समूहकी अध्यक्ष तृष्णा श्रेष्ठले त्यसै साँझ समूह भेला डाकिन्। महिलाहरूको लर्को चमेलीको घरतिर तेर्सियो। त्यहाँ पुग्दा चमेली घरमा नभएको कुरा उनकी आमाले बताइन्। `कहाँ गइन्´ भनेर सोध्दा टिमुर्किएको आवाजमा `था’छैन´ भन्ने जवाफ दिइन्। चमेलीकि आमाको अनुहारमा इमान्दारिताको संकेत थिएन, जुन सायद तृष्णा भाउजुले थाहा पाइन्। उनले समूह सदस्य रेस्मा गुरुङलाई अह्राइन्,”जाऊ त रेस्मा, माथि बुइगलमा गएर हेर!”  चमेलीकी आमाले बुरुक्क उफ्रेर चर्किँदै भनिन्, “मेरो छोरीको बारेमा तिमीहरूलाई के को चासो? यत्रो चिन्ता किन? मेरी छोरीले जेसुकै गरोस्, म*रोस् कि बाँचोस्! तिमीहरूलाई के को मतलब?”

यतिञ्जेल चमेलीका बाउ केही बोलेका थिएनन्। पुर्पुरोमा हात लगाएर आँगनको डिलमा टुक्रुक्क बसिरहेका थिए। उनको घरमा उनको भन्दा उनकी श्रीमतीको हैकम ज्यादा चल्थ्यो। सबै कुरामा त चुपचाप साथ दिएकै थिए; तर अहिले भने उनलाई आफ्नी श्रीमतीले छोरीको बारेमा समाजलाई सहयोग गर्न नदिएको पटक्कै चित्त बुझेन। भर्याङमा अड्को थापेर बसिरहेकी श्रीमतीलाई हुत्याउँदै पन्छाएर उनी बुइगलतिर उक्लिए। श्रीमती कराउन छोडेकै थिइनन्। यद्यपि त्यसको प्रवाह नै नगरी उनी बुइगल पुगे र चमेलीलाई हातमा समातेर ज*बर्जस्ति तान्दै लिएर आए।

समूहमा छलफल/परामर्श सुरु भयो। तृष्णा भाउजू बोलिन्, “घटनाको प्रकृति र विवरण नबुझी हामी निष्कर्षमा पुग्न सक्दैनौँ। त्यस पल के भएको थियो, चमेली? समूहसमक्ष सबै बताऊ।”  एकछिन त चमेलीलाई घबराहट भयो। ऊ अकमकाई। मौन बसेर आँसु खसालिरही। फेरि झर्केर तृष्णा भाउजुले “चमेली!” भनेपछि कहाँबाट चमेलीमा साहस र बि*द्रोह उत्पन्न भयो; नाक र आँखा पुछी र स्याँक्क गरी। “थुइय्या!” भन्दै जमिनमा थुकी र आफ्नै गालामा जोडसँग एक झापड हि*र्काई। त्यसपछिको उसको बोली जस्ताको त्यस्तै-

“कुरा लगभग साँढे पाँच महिना अगाडिको हो। तीजमा दिदिलाई लिन भनेर दर खाने भन्दा ठिक दुई दिन अगाडि म उहाँको घर गएको थिएँ। त्यसदिन साँझमा पुग्ने र भोलिपल्ट बिहानै दिदिलाई लिएर फर्किने मेरो योजना थियो। उहाँको घर पुगेर साँझको खाना खाइसकेपछि म मलाई देखाइएको सुत्ने कोठामा गएँ र सुतेँ। दिनभरि हिडेको थकानले होला एकछिनमै भुसुक्क निदाएछु। पिसाबले च्यापेकाले म आधारातमा ब्युँझिएँ। उठेँ र चर्पी गएँ। चर्पी घरबाट २५/३० मिटरको दुरीमा खोल्सातिर थियो। चर्पीबाट के निस्केको मात्रै थिएँ, अगाडि भिनाजु भनाउँदो उभिइरहेको रहेछ। सुरुमा त उसलाई पनि चर्पी लागेर आएको होला भन्ने सोचेँ। तर कुरा अर्कै रहेछ। मेरो बाटो छेक्यो र हात ट्याप्प समात्यो। म झसङ्ग भएँ। हात झट्कारेर खुस्काउन खोजेँ तर सकिनँ। भाग्ने प्रयास पनि सफल हुन सकेन। उसले मलाई चर्पीतिरै ठेल्यो र आफू पनि भित्र पसेर चुक्कुल लगायो। अहिलेसम्ममा उसले पछाडिबाट मेरो शरीर समात्न भ्याइसकेको थियो। म चिच्याउन खोजेँ। मेरो मुख उसको हत्केलाले जोडसँग टाल्यो र `धेरै कराइस् भने यहीँ घाँटी थिचेर मा*रिदिन्छु´ भन्यो। मैले सोचेभन्दा बलियो भएकै कारण मैले उसको पकड खुस्काउनै सकिनँ। उसको पञ्जाबाट म फुत्किनै सकिनँ। म एकदम आत्तिएँ तर निरीह हुँदै सबै स्विकार्नुको बिकल्प रहेन। उसले मेरो इज्जत लुट्यो। निधारको पसिना पुछ्यो र त्यहाँबाट निस्किने बेला भन्यो, `यो कुरा कसैलाई भनिस् मात्रै भने म तँलाई बाँकी राख्दिनँ!” सही नसक्नु पीडाका बाबजुत पनि म जसोतसो ओछ्यानमा पुगेँ र ढलेँ। अनेक सम्झेर बाँकी अन्धकार कटाएँ। सुनेको थिएँ पहिलो सम्पर्कमै बच्चा बस्दैन। जे हुन त भैगयो, अब अर्को पटक आफूमाथि फेरि यस्तै दु*र्घटना घ*ट्न दिन्न भन्ने सोचेर चित्त बुझाउन खोजेँ। चुप रहन खोजेँ। तर मेरो महिनाबारी हुने बेला बितिसक्दा समेत मलाई महिनाबारी भएन, पेट बढ्न थाल्यो। आज तृष्णा भाउजुको आश्वासन नपाएको भए सायद म बकाइनोसामू नै गुहार माग्न पुग्थेँ होला।” यति भनिसकेर चमेली डाँको छोडेर रोई।

केही बेरको चकमन्नता पछि समूहकी सचिब राधा मिश्रले सोधिन्, “तिम्रो भिनाजु भनाउँदोको घर कहाँ हो रे?”  “रेसमचौर,” चमेली लामो सास तान्दै बोली। सायद उसलाई लागेको हुँदो हो, “अब न्याय अवस्य पाइन्छ।”   “ल ठिक छ! आवेशमा आएर गलत कदम नचाल्नू। अब तिम्रो साथमा हामी छौँ। ढुक्क हुनु- तिमीले न्याय र तिम्रो भिनाजुले जरुर सजाय पाउने छ। ल है त? पर्सिसम्म हामी केही गरिसक्छौँ।” यति भनेर समूहका महिलाहरू आफ्नो आफ्नो घर गए।
………

भोलिपल्ट बिहानै चमेलीका बुबा र भाइ रेसमचौर तिर लागे। यो सबै समूहको सल्लाह अनुसार नै भइरहेको थियो।  छोरीज्वाईँको घर पुगेपछि सामान्य सम्बोधनपश्चात चमेलीका बुबाले भने, “निको-पर्सि चमेलीको बिहे छ, हामी त हजुरहरूलाई निम्ता गर्न र लिन भनेर पो आएका।” सुरुमा चमेलीको भिनाजु भनाउँदो केही अकमकाए पनि एकछिन खै के के सोचेर उसले निम्ता स्विकार गर्यो। भोलिपल्ट बिहानै उनीहरू गन्तव्यतिर प्रस्थान गरे।  ससुराली घर पुग्दा नपुग्दै अदृश्य रुपमा चारैतिर घेरा हालेर बसेका प्रहरीहरूले भिनाजु भनाउँदोलाई फ*न्दामा पारे। (यो सब चाँजोपाँजो समूहका महिलाहरूले दिउँसै मिलाइसकेका थिए। प्रहरीलाई रिपोर्ट लेखाउन र डाक्न उनीहरू नै गएका थिए।) सरी चमेलीलाई न्याय दिलाउने कोशिस गरियो। भिनाजुले १२ लाख क्षतिपूर्तिस्वरुप ज*रिवाना रकम चमेलीलाई तिर्नुपर्ने र ५ वर्ष जे*ल स*जाय भोग्नुपर्ने भयो।  सायद सम्पतिवाल भएकाले उसले प्रहरीको नि*यन्त्रणमै रहेर पैसा जुटाउन सक्यो र चमेलीलाई तिर्यो। त्यसपछि उसको जे*ल बसाई सुरु भयो। यता चमेली केही हदसम्म राहत महसुस गर्न थाली। आमा समूहकै सल्लाह बमोजिम उसलाई उसका बाउआमाले राम्रो स्याहार गरे।  र केही महिना पछि म जन्मिएँ।

………

सायद आत्मग्लानी र ति*रस्कारको भयले होला, चमेलीको भिनाजु अर्थात मेरो ठूलोबाउ उर्फ बाउले जे*लबाट छुट्कारा पाएकै दिन आत्मह*त्या गरेछ।  केही दिनपछि ठूलीआमालाई पनि हजुरबुबाले आफ्नै घरमा लिएर आउनुभयो। उहाँ हरबखत टोलाइरहनु हुन्थ्यो। एक बिहान घाम निकै माथि आइसक्दासम्म उहाँ उठ्नु भएन। आमाले मलाई “रुपा! ठुलीआमा त अझैसम्म उठ्नु भएन। सञ्चो पो भएन कि? जा त हेर,” भनेर पठाउनुभयो। मैले उहाँलाई कोठामा देखिनँ। त्यसपछि हामी सबैजनाले घरभरि खोज्यौँ। उहाँ घर वरपर कतै फेला पर्नु भएन।

हजुरबुबाको मनमा तीतो शंका उत्पन्न भयो। आँगनको डिलमा जानुभयो र तलतिर हेर्नुभयो। गाउँको फेदीको बकाइनोमा एउटा मानव आकृति झु*ण्डिरहेको देखिन्थ्यो। यो देखेर हजुरबुबा लल्याकलुलुक हुनुभयो। ठूलीआमा त पासो लाग्नुभएछ। परिवारमा एक व्यक्ति म*तिभ्रष्ट हुँदा हाम्रो सारा परिवार तह*सनहस भयो।

मेरी आमा भने यता त्यतिबिघ्न दु:खी देखिनु हुन्थेन। हुन त उहाँ मज्जाले रमाएर हाँसेको पनि मैले आजसम्म देखेको छैन। र पनि उहाँले ठूलीआमा म*र्दा एकै थोपा आँसु झार्नु भएन। चुपचाप रहनु भयो। सायद समयले उहाँलाई थेत्तरो बनाएको थियो। मलाई यो पनि याद छ- भिनाजुसँगको अप्रिय दु*र्घटनापछि आफ्नो जीवनभर उहाँले न त कुनै दिन कुनै पुरुषसँग बोल्नु भयो, न त हेर्नु नै भयो।  धन्न म चैँ उहाँको कोखबाट छोरी भएर जन्मिएँ!

कथा लेखककै आवाजमा पनि सुन्न सकिनेछ ।

Leave a Reply