एक जमाना बितिसक्यो….
सडक मिडिया
चैत्र २२, २०७६ १९:५६:२४ • १३७५ पटक पढिएको
						बाँचेकै छ जिन्दगी एक  जमाना  बितिसक्यो।
 म मरी सकेको पनि एक जमाना बितिसक्यो।।
हिँजो जस्तै लाग्छ तिम्ले छोडेर जाँदैन भनेको।
साँचो त  यो हो कि एक  जमाना बितिसक्यो।।
अझैँ सम्म  रूखहरू भाँचिन छोडेका छैनन्।
चलेको  हावा हुरी एक  जमाना बितिसक्यो।।
यसलाई धूप ले पनि सुखाउन सकेको छैन।
 भिजेको  रिसानी एक जमाना बितिसक्यो।।
एक जमाना उसलाई हेरेरै पनि बितेको हो।
 उसलाई न हेरि  एक  जमाना  बितिसक्यो।।
आर.डी. महेन्द्र
अछाम, हाल मुम्बई
सिफारिस






