बेरुजु कम आउनेमा सुदूरपश्चिममै बान्नीगढी जयगढ गाउँपालिका पाचौं

बेरुजु कम आउनेमा सुदूरपश्चिममै बान्नीगढी जयगढ गाउँपालिका पाचौं

अछाम:बेरुजु कम आउनेमा सुदूरपश्चिममै अछामको बान्नीगढी जयगढ गाउँपालिका पाचौं स्थानमा रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार सुदूरपश्चिमका ८८ स्थानीय तह मध्ये कम बेरुजु आउनेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका रहेको छ। बान्न्नीगढि जयगढ गाउँपालिकाको कुल बजेटको ०.४४% अर्थात् ४० लाख ९ हजार रहेको छ।

गाउँपालिकाले बजेट कार्यान्वयनमा पारदर्शिता, समयानुकूल योजना कार्यान्वयन र वित्तीय अनुशासनलाई प्राथमिकता दिँदै आएकोले गतबर्ष भन्दा बेरुजु घटाउदै लगिएको गाउँपालिका लेखा अधिकृत नारद खनालले बताए । उनका अनुसार अन्तिम रिपोर्टिङ महालेखाले दिएको प्रारम्भिक प्रतिबेदन र कागजात पेस गर्ने समयमा भन्दा केही ढिलो कागजात पुगेकोले अझै केही बढि हुन गएको बताए ।

Leave a Reply