प्रतिकुल मौसमको कारण कमलबजार विमानस्थलको आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित

प्रतिकुल मौसमको कारण कमलबजार विमानस्थलको आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित

अछाम : अछामको कमलबजार विमानस्थलको आज हुने भनिएको  उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेले  विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम  रहेको थियो । प्रतिकुल मौसमको कारणले आज हुने विमानस्थलको उद्घाटन स्थगित भएको कमलबजार नगरपालिका  प्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिनुभयो ।

मौसम सुधार भएमा केहि दिनमै विमानस्थल उद्घाटन गरिने नगरप्रमुख ढकालले बताउनुभयो ।

यसै वर्षको पुस १३ गते परीक्षण उडान सम्पन्न भएपश्चात् नियमित उडानका लागि तयारी गरिएको छ। कमलबजारदेखि नेपालगन्ज र  काठमाडौँका लागि तारा एयरसँग सम्झौता भएको नगरप्रमुख ढकालको भनाइ छ ।

Leave a Reply