अछाममा पहिलो पटक हेमराज शर्माले लिए : गैरआवासीय नागरिकता
सडक मिडिया
फाल्गुन २८, २०८० १५:३६:२९ • ११०५ पटक पढिएको

अछाम : अछाममा पहिलो पटक गैरआवासीय नागरिकता प्रदान गरिएको छ । हाल अमेरिकामा रहेका हेमराज शर्मालाइ नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिए।
शर्माको अछामको साफेबगर नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना हो । नेपालको संविधानमा भएको व्यवस्थाअनुसार शर्माले नेपाली नागरिकता त्याग गरेपछि फागुन २७ गते गैरआवासीय नागरिकता प्रमाणपत्रको लागि ८ (ग) बमोजिम वडाबाट लिएको सिफारिससहितको निवेदन जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गरेका थिए ।
आफू बिगत १९ वर्ष देखि अमेरिकामा बस्दै आएको शर्माले बताए । अहिले आफुले मात्रै गैरआवासीय नागरिकता लिएको र छोराछोरीको उमेर पुगेपछि उनीहरुको पनि गैरआवासीय नागरिकता लिने उनले बताए । अछाम बाट पहिलो पटक आफुले गैर आवासीय नागरिकता लिदै गर्दा नागरिकता लिने प्रकृया सहज रहेको अनुभव उनले सुनाए ।
जिल्लामै पहिलो गैरआवासीय नागरिकता प्राप्त गरेकोमा आफूलाई गौरवको अनुभूति भएको उनको भनाइ छ ।
सिफारिस