(सिटिइभिटी) को स्थापना दिवस विभिन्न कार्यक्रम गर्दै अछाममा मनाइयो

(सिटिइभिटी) को स्थापना दिवस विभिन्न कार्यक्रम गर्दै अछाममा मनाइयो

अछाम : प्राविधिक शिक्षा तथा  व्यावसायिक तालीम परिषदको ३६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मंगलसेन बहुप्राविधिक शिक्षालय अछामले  पनि मनाएको छ ।

 

प्रमुख जिल्ला अधिकारी एवं मंगलसेन बहुप्राविधिक शिक्षालयका संचालक समितिका अध्यक्ष शरद कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राविधिक शिक्षा तथा  व्यावसायिक तालीम परिषद सुदुरपश्चिम प्रदेशका निर्देशक कल्प कुमार बस्नेत रहनुभएको थियो । कार्यक्रममा बोल्दै बस्नेतले अहिलेको युग प्राविधिक शिक्षाको युग भएकोले शिक्षा प्रणाली उत्पादनमूलक र व्यावसायिक हुनुपर्ने बताउनुभयो ।
अहिलेको शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन भइरहेकाले अबको युगको प्राविधिक शिक्षाको युग रहेको बताउनुभयो । केही स्थानीय तह हरुले छात्रवृत्तिमा विद्यार्थी हरुलाइ प्राविधिक शिक्षा पढाउने गरेकोले यो स्वागत योग्य काम भएकोले अन्य स्थानीय तह हरुले पनि यस्ता खालका काम हरु गरेर प्राविधिक शिक्षामा विकास हुने बताउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी पोखरेलले तीन वटै सरकारले प्राविधिक शिक्षामा सहयोग गरेर व्यवसायी जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।  प्राविधिक शिक्षालाई जोड दिएर बेरोजगारी अन्त्य गर्न सकिने पनि बताउनुभयो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख सन्तोष पाठक ,प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी ,बरिस्ठ प्राविधिक अधिकृत दिपा जोशी,मंगलसेन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नामसिंह धामी ,वडा नम्बर ५ का अध्यक्ष झन्कर प्रसाद भाट,अछाम बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष यज्ञराज ढुंगाना ,क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट लगायतले मन्तव्य राखेका थिए ।

स्थापना दिवसको अवसरमा अछाम बहुप्राविधिक शिलालयले आफ्नो निर्माणाधीन भवनको प्राङ्गणमा वृक्षरोपण गर्नुका साथै जिल्ला अस्पताल अछाममा बिरामी हरुलाई फलफूल समेत गरेको थियो । शिक्षालय प्रमुख तिर्थ प्रसाद आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन इन्जिनियर स्वतन्त्र कुवरले गर्नुभएको थियो ।

अछाम बहुप्राविधिक शिक्षालयले हाल ३ वर्षिय HA  र फार्मेसी कार्यक्रम संचालन भइरहेको छ ।

Leave a Reply