बहु प्रकोप पुर्व तयारी तथा प्रतिकार्य प्रशिक्षक प्रशिक्षण तालिमको समापन

बहु प्रकोप पुर्व तयारी तथा प्रतिकार्य प्रशिक्षक प्रशिक्षण तालिमको समापन

अछाम : साँफेबगरमा संचालन ४ दिने बहु प्रकोप पुर्व तयारी तथा प्रतिकार्य प्रशिक्षक प्रशिक्षण तालिमको  साँफेबगरमा  समापन गरिएको छ ।

आइ.ओ.एम.(IOM)को आर्थिक तथा प्राविधिक सहयोग र साँफेबगर नगरपालिकाको आयोजनामा प्रशिक्षण तालिम सुरु भएको हो । नगरपालिकाका १४ ओटै वडाका : एक वडा बाट २ जना महिला , पुरुष गरि जम्मा २८ जना र नगरपालिकाबाट  ४ जना गरि जम्मा ३२ जना सहभागीहरुकाबीच तालिम संचालन  गरिएको थियो  ।

तालिममा विपद , प्रकोप , आगलागी , बाढी ,भुइँचालो बारे जानकारी र गैर संरचनात्मक जोखिम अल्पिकरणका उपायहरु , संरचनात्मक प्रणाली र भवनका प्रकार , फ्रेमवाला संरचनात्मक प्रणाली ,क्षेती लेखाजोखाका प्रकारहरु , द्रुत दृश्यावलोकनका चरण , भवन सुरक्षा वर्गीकरण , घाइतेको प्राथमिक उपचार विधि , लगायतका विभिन्न विषयमा तालिममा प्रशिक्षण गरिएको थियो ।
साँफेबगर नगरपालिका कार्यवाहक नगर प्रमुख एवं नगर प्रवक्ता मक्कर बहादुर कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले

विकास निर्माणमा मापदण्ड अनुरुपको काम नहुने अवस्थाले प्रकोपको जोखिम बढ्ने गरेको बताउनुभयो । विपदको जोखिम बाट जोगिनका लागी वातावरण मैत्री विकास हुनुपर्ने समेत बताउनुभयो ।

प्राकृतिक विपत्ति र माननवीय कारणबाट हुने विपत्ति बाट बच्नका लागी जिल्ला बिपद ब्यवस्थापन समिती अछामले हरेक समयमा जिल्लामा सचेतनामुलक किर्तिम अभ्यास हरु गर्ने गरेको पोखरेलले बताउनुभयो ।

आफुले सिकेको ज्ञान सीप समाजमा गए अरुलाइ पनि साटासाट गर्न तालिममा सहभागी हरुलाइ अनुरोध समेत गर्नुभयो ।

समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठक , सशस्त्र प्रहरी बल खप्तड गुल्मका पुष्कर बहादुर बम, IOM सुदूरपश्चिम प्रदेश सम्पर्क ब्यक्ति धिरेन सिनाल , प्रमुख प्रशिक्षक प्रनभ दाहाल , IMO का दीक्षा नकर्मी ,मान बहादुर शाही ,पत्रकार सुशील भण्डारी लगायतको उपस्तिथि रहेकोे थियो ।

कार्यक्रमको संचालन साँफेबगर नगरपालिका विपद शाखा प्रमुख लक्ष्मण योगिले गर्नुभएको थियो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *